साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनशनमा ऐक्यबद्धता

Nepal Telecom ad

समर्थक मात्रै होइन, अनशनका विरोधीहरू पनि डा केसीको अडान देखेर पग्लिए । प्रधानमन्त्री सुशील कोइरालाले \’केसी मरे भने म के गरुम् त ?\’ भन्ने आफ्नो आवेगको अभिव्यक्तिलाई अन्तिमको \’त\’ बढी भएको भनेर विज्ञप्तिमार्फत सच्याए । प्रतिपक्षी दलका नेता प्रचण्ड र बाबुरामहरूले केसीलाई नन्दप्रसाद अधिकारीको जस्तो हालतमा नपुर्‍याउन सरकारलाई सचेत गराए । केही मन्त्री अनशनस्थलको छेउछाउसम्म पुगेर फर्किए । पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, पूर्वकुलपति, पूर्वअध्यक्ष, पूर्वडीन आदि धेरैले आफू अपूर्व हुँदा के गरेँ भन्ने कुरा भुसुक्कै भुलेर ऐक्यबद्धता जनाए । ऐक्यबद्धताको लहरमा निजी क्लिनिक र अस्पतालबाट एक मिनेट छुट्टी नपाउने वरिष्ठ डाक्टरहरूले पनि समय निकाले र अनशनस्थलमा पुगेर दह्रै भाषण गरे ।

सुरुमा एक जना वरिष्ठ डाक्टरले भर्खरै खाएको चिकेन रोस्टको डकार फाले र भने, “डा केसी देशका कुनाकन्दरामा पुगेर आफ्नै खर्चमा विपन्नहरूको उपचार गर्दै हिँड्ने असाधारण चिकित्सक हुन् । उनी हामीजस्तो लोभीपापी छैनन् । यस्ता ८-१० दिनका अनशनले गल्ने मान्छे होइनन् । मेडिकल क्षेेत्रका विकृति-विस ंगति समाप्त नपारी उनी उठ्तैनन् । यो क्षेत्रको विकृति भनिसाध्य छैन । अहिले चलिरहेका थुप्रै मेडिकल कलेजमा भाडामा ल्याइने \’खडेबाबा\’ प्राध्यापकहरूले पढाउँछन् । लाइसेन्स दिने वा अनुगमन गर्ने अधिकारीहरूलाई हामी भिटामिन \’एम\’ अर्थात् \’मनी\’ दिएर तिनीहरूका आँखा बन्द गरिदिन्छौँ र मनपरी ढंगले कलेज चलाउन थाल्छौँ । त्यस्त्ाा कलेजबाट जन्मेका डाक्टरहरूले कस्तो उपचार गर्छन्, थाहा छ ? पाठेघरमा रोग लागेर आएका ग्राहक -आच्या बिरामी !) को किड्नी काटिदिन्छन् । भित्रै कैँची र पन्जा छाडेर भुँडी सिलाइदिन्छन् । यस्त्ाा विकृति अरू नथपियून् भन्नाका लागि नयाँ शिक्षण अस्पतालहरूलाई आउन दिनु हुँदैन । त्यसका लागि यो अनशनमार्फत सरकारका घुँडा टेकाउनैपर्छ । मलाई अझै दह्रो ऐक्यबद्धता जनाउन मन थियो तर मेरो क्लिनिकमा डेढ सय बिरामी डेढ घन्टादेखि पर्खिरहेका छन् । त्यसैले अहिलेलाई बिदा लिन्छु ।”

एक मेडिकल कलेजका निर्देशकले पनि ऐक्यबद्धता जनाउँदै थपे, “हामी डाक्टरहरू सरकारी अस्पतालमा जागिर खान्छौँ र निजी क्लिनिक र अस्पतालमा रुपियाँ छाप्न जान्छौँ । हामी एउटा बिरामीलाई एक मिनेटमा जाँचिसक्छौँ र एक बोरा औषधी लेखिदिन्छौँ । हामी राजधानी र सहरी क्षेत्रका धनी बिरामीका खल्ती मात्र छाम्छौँ । विपन्न बिरामीका नारी छाम्नुपर्‍यो भने जिउँदै मरेजस्त्ाा हुन्छौँ । हामीले यो डाक्टरी पेसामा प्रवेश गर्दा गरेको करौँडोको लगानी उठाएर नाफामा जानका लागि त्यसो नगरी हुँदैन । यस्ता अनेक समस्या र विकृतिको अन्त्यका लागि यो अनशन एक दुर्लभ अवसर हो । डा केसी नभएका भए यस्त्ाा अवसर आउने पनि थिएनन् । त्यसैले यो आमरण अनशनको अवसरलाई पूरा उपयोग गर्नुपर्छ । अरू बेला नबोले पनि यो बेला बोल्नुपर्छ ।”

अन्तिममा अर्का चर्चित वरिष्ठ चिकित्सकले भने, “यसपालिको आन्दोलन वार कि पारको हुनुपर्छ । सुगर र प्रेसर नभएको भए म पनि अनशन बस्थेँ । डा केसीजस्तै कोही त्यागी र आँटिला डाक्टर हुनुहुन्छ भने अगाडि आउनूस् । डा खरेल, डा पोखरेल, डा देवकोटा, डा सापकोटा, डा राई, डा भट्टराई, डा महरा, यादव, केसी, शाह…। किन डराउनुभएको ? आमरण होइन, रिले अनशन बस्ने हो । तपाइर्ंहरू आमरण अनशनको ऐक्यबद्धताका लागि रिले अनशनको तयारी गर्नूस्, म डिनर गरेर तरुन्तै आइहाल्छु । धन्यवाद ।”
नेपाल ०७१ चैत २२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x