साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्वाम्म पारी खाइदिएँ

Nepal Telecom ad

खानु हुन्न थाह छ
तर के गर्नु
खानै पर्छ भनी आइदिएँ
नखाने पनि को छ र
भोक पनि लागेकै हो
मैले त झ्वाम्म पारी खाइदिएँ ।

निषेधित हो सबलाई थाहै छ
ठर्रा जस्तो पनि ठस्स नगनाउने
मापसेले बाटोमा क्यै नबनाउने
खान्न खान्न भन्दा पनि
घरमै ब्रिफकेस बोकी आइदिए
अली अली चाहिएकैथ्यो
मैले त झ्वाम्म पारी खाइदिएँ ।

नखाँदा पनि
म घुस्याहा छु
म भ्रष्ट छु भनी गाइदिए
बाँडेर खान्न एक्लै खान्छ
छानेर खान्छ
दिएनन् भने तानेर खान्छ
हुँदै नभाको पगरी लाइदिए
झ्वाँक पनि चलेकैथ्यो
बिटाका बिटा ल्याइदिए,
यत्रैसिती
मैले पनि झ्वाम्म पारी खाइदिएँ ।

माथिका पनि उस्तै
तलका झन उस्तै
खानु खुवाउनु हुन्न भन्ने
पाइएनन् म जस्तै
कुनै योजना माथि लग्यो
कति आउँछ भन्छन्
देश बिकासलाई भने पनि
कसले के पाउँछ भन्छन्
प्रोजेक्ट ल्याउने पनि
देश बिकास भाँडमै जाओस्
पहिले
आफ्नै बिकास गरौँ हजुर भन्दै आइदिए
लौ जा, यत्रैसित भन्दै
मैले पनि झ्वाम्म पारी खाइदिएँ ।

दुइचार पटक त
माथि गुनासो गरेँ
माथिको आदेशले छक्कै परेँ
खाइएन भने देश विकास रोकिन्छ
देश विकास रोकियो भने
यो दोष तिमी हामीमा नै ठोकिन्छ
तिमी पनि खाऊ
हामीलाई पनि मिलाऊ
जति प्रोजेक्ट आए पनि अनुमति दिलाऊ
खाऔँ खाऔँ भन्दै
दाताहरू पनि आइदिए
जे परे पर्ला, केको टन्टन
मैले पनि झ्वाम्म पारी खाइदिएँ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x