साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार चूडामणि रेग्मी सम्मानित

Nepal Telecom ad

झापा, २०७१ चैत । बरिष्ठ साहित्यकार चूडामणि रेग्मीको ७९औँ वर्ष प्रवेषको सन्दर्भमा उहाँको सुस्वास्थ्य र दीर्घायूको कामना सहित उहाँको बहुआयमिक ब्यक्तिवका बारेमा चन्द्रगढीमा चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

लेखनाथ पुस्तकालय चन्द्रगढीको प्रत्येक महिनाको अन्तिम शुकवार गरिने साहित्यिक गतिविधि अन्तर्गत यो कार्यक्रम गरिएको हो । इटहरिका पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको प्रमुख आतिथ्य, कवि बद्री भिखारी र जिल्ला शिक्षा कार्यालय झापाका उपसचिव उद्धव बिष्टको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख आकर्षक ब्यक्तित्व चूडामणि रेग्मीलाई प्रमुख अतिथि लगायत सबैले अबीरटीका, माला,खादा र दोसल्ला ओडाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । वरिष्ठ साहित्यकार रेग्मीको बहुआयमिक ब्यक्तित्वका बारेमा चर्चा परिचर्चा गर्ने क्रममा रेग्मीको परिचय राजेन्द्र चापागाईंले, ब्यक्ति र ब्यक्तित्वका बारेमा कृष्ण सुवेदी निराकारले, निवन्धकार चूडामणि रेग्मीका बारेमा शम्भु प्रसाद ढकालले, कथाकार ब्यक्तित्वका बारेमा चूडामणि वाशिष्ठले, संपादक र पत्रकार ब्यक्तित्वका बारेमा पुण्य प्रसाद खरेलले, समालोचक ब्यक्तित्वका बारेमा लक्ष्मी पौडेलले, कवि व्यक्तित्वका बारेमा विजय खरेलले, ब्यङ्ग्यकार ब्यक्तित्वका बारेमा होम सुवेदीले, साहित्यिक सद्भाव यात्राका बारेमा देवीचरण भण्डारीले र भाषा र शोधका बारेमा डाक्टर सहप्राध्यापक ठाकुर प्रसाद पोखरेलले चर्चा परिचर्चा गर्नु भएको थियो ।

चर्चा परिचर्चा गरिएका विषयवस्तुमाथि कमल गुरागाईँ र तारा विविधले टिप्पणी गर्नु भएको थियो । प्रमुख अतिथि कृष्ण अधिकारीको परिचय गंगाराम ढुङ्गेलले गराउनु भएको थियो । कार्यक्रममा पं.रघुनाथ रिमाल, हरि न्यौपाने, डिल्लीराज नेपाल, गंगाराम ढुङ्गेल र खगिन्द्रा खुशीले चूडामणि रेग्मीका बारेमा स्वरचित कविता वाचन गर्नु भएको थियो ।

कार्यक्रममा बद्री भिखारी,उद्धव बिष्ट, चूडामणि रेग्मी र प्रमुख अतिथि कृष्ण अधिकारीले मन्तव्य ब्यक्त गर्नु भएको थियो । पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य मनकुमार डाँगीले र सञ्चालन खगिन्द्रा खुशी र लता खरेलले गर्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति नवराज घिमिरेले प्रमुख अतिथि लगागत चर्चा परिचर्चा गर्ने ब्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
–देवीचरण भण्डारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x