जीवन ‘पीडित’ दाहालवालुवामा पानी
खोला सफा राख्ने अभियान चलिरहेका बेला सानो छोराले फोहर फालेको देखेर बाबुले सम्झायो– ‘बाबु, किन खोलामा फोहर फालेको ? फाल्नु हुँदैन भनेर तिमीलाई थाहा छैन ?’
छोराले पनि प्रश्नै थप्यो बाबुलाई उत्तरको सट्टामा– ‘भोलि स्याटर्डे हैन र !’
‘हो, स्याटर्डे भएर चैं के हुन्छ र !’– बाबुले पनि प्रश्नको उत्तर जिज्ञासाले दियोे ।
‘पुलिस आएर सफा गर्छन् नि’– छोराको उत्तर थियो ।
जुरोपानी– ४, झापा
Subscribe
Login
0 Comments
Oldest






































