साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको १५८ औँ शृङ्खला सम्पन्न

Nepal Telecom ad

काठमाडौं, २०७१ चैत २८ । अभिनव साहित्य समाजले १५८ औँ शृङ्खला सम्पन्न गरेको छ । यस अन्तर्गत नयाँ वर्ष २०७२ को अपसरमा शुभकामना आदानप्रदान विशेष कवि गोष्ठीको आयोजना गरेको थियो ।

समारोहमा उपस्थित कविहरू मध्ये ३५ जनाले कविता वाचन गरेका थिए । तीमध्ये सरस्वती ढुङ्गाना, स्मीता श्रेष्ठ, कृष्ण गौतम, र सुदेश सत्यालका रचनाहरूलाई प्रोत्साहित पुरस्कार प्रदान गरियो । अन्य सहभागी कविहरूमा सनद अर्याल, प्रदीपरत्न शाक्य, बाजुराम पौडेल, बुद्धरत्न शाक्य, लक्ष्मी एडी, विन्दा खतिवडा, दिनेशकुमार, श्यामवहादुर, पुन्य गौतम, भाग्यशाली, मदन सिवाकोटी, बाजुराम, कृष्ण गौतम, निर्भिक राई, रामचन्द्र, प्रकाश वस्नेत, शालिग्राम, विमल अर्याल, कुसुम शर्मा, रामकुमार पण्डित, ऋचा, रेहान खान, कीर्ते पौडेल, मोहनमणि पोखरेल, ब्रह्मप्रिय, खेमराज, रत्ननिधि, मणिराज सिंह, कणाद महर्षि, ठाकुर शर्मा र एवी लामा आदि हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथिमा प्रा.गोपीकृष्ण शर्मा र सभापतित्व समाजका उपाध्यक्ष प्रकाशमणि दहालले गर्नुभएको थियो । समाजका अध्यक्ष वेदमणि घिमिरेले कार्यक्रमको समग्र समीक्षा र धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्य समिति सदस्य श्री घनश्याम प्रसाईले स्वागत मन्तव्य, सचिव परशुराम पराजुली पराशरले समग्र कार्यक्रको समीक्षा र उद्घोषण नवराज राउतले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x