सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रबरको मान्छे

Nepal Telecom ad

मान्छे रबरको भए
ऊ जताततै
खुम्चिन, थिचिन र किचिन सक्थ्यो

ऊ थिचिन सक्तैन
भन्छ ऐया ! ऐया ! च्यापियो
चिच्याउँछ—
लौन के गरेको ?
तर विवश
सक्दैन ऊ
न चढ्न सक्छ
न छोड्न
फेरि कराउँछ
लौन के गरेको ?
आन्द्रा–भुँडी निस्किसक्यो !
अर्को भन्छ
टाउको भित्र राख
उसको अनुसार बस्नुपर्ने
कस्तो नियम
कस्तो अत्याचार
लौन के भएको होला
यो संसार
चुप लाग्छ– जनता
ऊ त मान्छे नभएर
रबरको जस्तो
कहिले खुम्चन्छ
कहिले फुक्छ
तर ब्रह्माले सृष्टि गर्दा पनि
त्यसै गरी
रबरकै बनाएको भए
ए सृष्टिकर्ता !
यो संसारमा तिम्रो
अझ बढी सम्मान हुन्थ्यो ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही