साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउको श्राद्ध

Nepal Telecom ad

ल यो कुश लिनोस्
यो टपरीमा सय दिनुस्
दुनाह पचास दिनुस्
यो सब तिम्रा बाले पाउँछन्
उता पनि निकै महँगी छ रे
दश रुपैयाले त के पो लाउँछन् ।

नर्कमा परेका भए खानु पर्ला
स्वर्गमा भए डिस्कोमा जानु पर्ला
मेनका उर्वशीले नाइटो देखाउलान्
तिम्रा बाले नाइटोमा पैसो हाले पो
इन्द्रले मेहिफिल चलाउलान् ।

यो कुश लेऊ
गाई हो यो
गाईको नै दाम देऊ
तिम्रा बालाई भैंसी होइन
गाईको दुध चाहिन्छ
त्यहाँ पनि चोख्याउन
गाईकै गहुँत खाइन्छ
घोडा दान हात्ती दानको सट्टा
सके कार दान गर
नभए मोटार साइकल दान गर
त्यो पनि सकिँदैन भने
साइकल एक थान गर
त्यहाँ पनि हात्ती घोडा भन्दा
मोटर गाडी नै चाहिन्छ रे
घाँसपात भन्दा सजिलै
पेट्रोल नै पाइन्छ रे ।
सुरुवाल भोटी फाल
प्यान्ट, हाफ प्यान्ट हाल
सक्छौ भने भोट्का बोटल हाल ।

बुढो भएर मरे पनि
सब जवान भइे जाने हो
यहाँ पो क्षत्री बाहुनका कुरा
ईन्द्रलोकमा त
सबैले सोमरस खाने हो
भोटका दियौ भने
तिम्रा बाले पनि ईन्द्रलाई
उपहार लगी जालान्
ईन्द्रजीले पनि
मृत्यलोकमा बनाएको सोमरस
कास्तो हुन्छ भनी खालान् ।

सक्छौ भने सुनकै
सक्दैनौ भने
राम्रै काठको
शैया दान गर
घैया दान गर
मन खोलेर गर
धन खोलेर गर
आखिर यो सम्पत्ति
तिम्रै बाले कमाको हो
नखाइ नलाई
बिचराले जमाको हो
दान धर्म जे गर्छौ
तिम्रा बाले पाउलान्
नत्र भन्द्या छु
तिम्रा बाउ रिसाउँदै
भूत बनेर आउलान् ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x