साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लिँडे फोनको करामत

Nepal Telecom ad

नयाँ नयाँ प्रविधि र विकासले तीव्र रुपमा प्रगति गरिरहेको कुरा सर्व विदितै छ । सञ्चार क्षेत्रमा झन् प्रविधिले फड्कोंं नै मारेको देखिन्छ । रेडियो सुन्दा अचम्ब मान्ने हजुरबाहरू अव ट्याब्लेटमा रमाउन थालिसकेका छन् । रेडियो भित्र मान्छे कसरी पस्यो भनेर रेडियो भित्र छिर्ने मार्ग खोज्ने हजुरआमाहरू पोल्टामा लिँडेफोन राखेर अमेरिकामा बस्ने नाती नातिनासँग सधै भलाकुसारी गर्न सक्ने भएका छन् । हजुरबा गुगलमा सर्च गरेर छोरा बस्ने जापानको शहर पत्ता लगाउन सक्ने भएका छन् । गुगलमा नयाँ नयाँ कुराहरू सर्च गर्नमा नै रमाइलो मान्छन् । फेसबुक र च्याटमा बसेर समय बितेको पत्तै पाउँदैनन् । एक निमेश पनि साथमा लिँडेफोन नहुँदा के विर्सियो के बिर्सियो जस्तो गरी मलसाप्रोको जोडी हराउँदा छट्पटिदै खोजेको जस्तो गरी खोज्छन् । कता कता तरकारीका नुन नपुगेको जस्तो गरी अन्कनाउछन् । बरु दाँत झरेका हजुरबाले जीवनको उत्तरार्धमा आएर हजुरआमालाई नै बिर्साउन सक्लान् तर लिँडेफोन कुनै पनि हालतमा बिर्साउदैनन् । संसारको सबभन्दा मन पर्ने करा के हो भनेर सोधेमा गौरवका साथ उत्तर दिनेछन् “लिँडेफोन” ।

हजुरबालाई उपभोग्य कुराहरू मध्ये के कुराको आवश्यकता छ, लिँडेफोन अन गरेर डायल गरी हाल्छन् र जागिरमा गएको छोरालाई सामानको अर्डर गरी हाल्छन् । त्यतिमात्र हो र अनलाईन सपिङमा पो रमाउन थालेका छन् । विश्व बजारमा उत्पादित सामानहरू कुन ब्राण्डको मन परेको छ । त्यही ब्राण्डको सामानको मूल्य हेरेर सामानको मूल्य बैंकमा ब्यालेन्स गरेर सामानको अर्डर गर्छन् । आपूmले खोजेको सामान घरमा नै आइपुग्छ । भ्याए चाडबाडमा सपरिवार घरमा जम्मा हुन्छन् । रमाइलोसँग पर्व मनाउछन् । यदी घरमा आउन नसकेको खण्डमा लिँडेफोनको सहायताले आप्mना सन्ततिलाई आशिर्वाद दिन्छन् । सुखको अनुभूतिका साथ लिँडेफोनमा नै समय कटाउछन् । विश्वमा कहाँ के भइरहेको छ । ताजा ताजा समाचारको लागि पनि लिँडेफोनमा हेर्छन् । संसार नियाल्न प¥यो भने पनि यसैको सहायता लिन्छन् । डाँडा माथिको जून जस्ता भएका हजुरबा हजुरआमाहरूलाई त लिँडेफोनले चमत्कारिक परिवर्तन ल्याएको छ । युवा जोसजाँगरका साथ सक्रिय हुन्छन् भने बा पुस्ताकाहरूलाई झन् कति प्रभाव पारेको होला प्रयोगकर्ता एवं भुक्तभोगीहरूलाई थाहा छ ।

पछिल्लो पुस्तामा आएर लिँडेफोनको महत्व दिनानुदिन बढिरहेको छ । यौवनावस्थामा प्रवेश गरेका युवायुवतीलाई मुटुको धड्कन बनेको छ लिँडेफोन । जीवनको आधा हिस्सा बनेको छ लिँडेफोन । बजारमा निस्किएका नयाँ नयाँ मोडेलका लिँडेफोनहरूको माग आप्mना मातापितालाई राखेर हैरान बनाउछन् । घरमा विहान बेलुका हात मुख जोर्न धौ धौ परेका मातापितालाई पनि बजारमा निस्किएका अध्याधुनिक फो जी, फाइभ जी फङ्सनका लिँडेफोनहरू किनिदिने माग राख्छन् । सकेसम्म फकाउछन्, केही नलागेमा घुक्र्याउछन्, त्यतिले पनि टेरपुच्छर नलागेमा अनसनमा बस्छु भनेर धम्क्याउछन् । हुने अभिभावकले त जसरी तसरी किनिदिन्छन् । हुँदै नहुनेले कहाँबाट ल्याउने पैसा र आधुनिक खालको लिँडेफोनको खरिद गरिदिने ?

विद्यालय जाने नानीबाबुहरू विद्यालय छुट्टी भएपछि पुनः घर फर्किने हुन् कि होइनन् सधै अभिभावकलाई चिन्ता पर्छ । लिँडेफोनका करामतले बालवालिकाको अपहरण गर्ने र अभिभावकको औकात हेरेर फिरौती रकम माग गर्ने गिरोहहरू दिनानुदिन बढ्दै छन् । कलेज जाने भनेर हिडेका छोराछोरी कलेज जान्छन् कि अन्यत्र जान्छन् अभिभावकहरूलाई थाहा पत्तो हुँदैन । कतिपय सञ्चार माध्यमहरूमा पटक पटक समाचार आइरहन्छन् विद्यालयको ड्रेसमा नै किशोरीहरू देहव्यापारमा रङ्गेहात पक्राउ परेका छन् । कति युवायुवतीहरू लागुपदार्थ ओसारपसार गर्ने कार्यमा सरिक भएका समाचारहरू आउँछन् । यी सबै कालाकर्तुतहरू लिँडेफोनको करामतले भएको हो ।

तपाई कत्तिको झुट बोल्नु हुन्थ्यो ? छात्तीमा हात राखेर विचार गर्नुहोस् । यदी झुट बोल्नु हुँदैन थियो भने लिँडेफोनको चमत्कारले तपाईमा कति परिवर्तन आएको छ आफै विचार गर्नुहोस् त ? तपाईलाई झुट बोल्न कति सिपालु बनाएको छ ? लिँडेफोनको सहायताले दिनमा कतिपटक झुट बोल्नु हुन्छ ? यी सबै कुरा आत्मलोचना गर्नुहोस् त ? सकेसम्म झुट बोल्नेमा बढोत्तरी गर्नुहोस् । झुट बोल्ने मामलामा गिनिज बुकमा नाम लेखाउनुहोस् । झुट बोल्ने कै त हाली मुहाली छ । झुटो संसारमा झुटको खेती सप्रिएको छ । लिँडेफोनले मानिसलाई मान, शान र इज्यत प्रदान गर्दोरहेछ । गाँस कटाएर, माना घटाएर भएपनि अलिअलि पैसाको जोहो गरेर भएपनि लिँडेफोन चाँही बोक्नुहोस् है ।

लिँडेफोनको प्रयोगले दाँत फुक्लिसकेका हजुरआमा पनि सोह्र वर्षे किशोरी जस्तो मस्की मस्की गफ हाकेर नातिनीको कन्यादान दिने समयमा आफै अन्मिएर नयाँ घरजम गर्न तम्सिन्छिन् । मानवीय स्वतन्त्रतालाई कोही कसैले पनि हस्तक्षेप गर्न पाइदैन । हजुरआमाको पनि वैयक्तिक स्वतन्त्रता हुन्छ । उनलाई पनि नयाँ जीवन पाउने अभिलाशा पुरा गर्दा अरुले रोक्ने दुस्प्रयास गर्नु हुँदैन । घरमा आधा दर्जन जति भान्टाङभुन्टुङ हुने पुरुष पनि म त कुमार नै हू । एउटी योग्य जीवन संगिनीको खोजीमा छु । तिमी जस्ती चन्द्रमुखी सुन्दरी पाए भने मेरो जीवन नै सार्थक भएको महसुस गर्ने थिए भन्दै सुन्दरी सुकन्यालाई आप्mनो पाँसोमा पार्न अनेकानेक झुटका तानाबाना बुन्न सिपालु हुन्छन् । जसको लागि यहि लिँडेफोनका सहायता लिन्छन् । तपाई पनि लिँडेफोनको अधिकतम प्रयोग गर्नुहोस् र जीवनमा कुन काम कुरा गर्न इच्छा लागेको छ । त्यसको पूर्तिका लागि पूरा गर्ने तर्फ अगाडि बढ्नुहोस् । लिँडेफोनले सबैको भलो गरोस् । जय लिँडेफोन ।
मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x