साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाजरकोट बोल्छ

Nepal Telecom ad

यहाँ देशले चिन्छ भन्ने सुनिन्थ्यो
यहाँ मर्न गाह्रो भनेको सुनिन्थ्यो
यहाँ मिल्छ रे दिव्य संजीवनी नै
यहाँ दीर्घजीवी सुखी रे खुसी नै ।।

सधैँ चुस्त रे राज्य नेतृत्व पंक्ति
सधैँ व्यस्त रे राज्यको अग्रपंक्ति
सधैँ कामना स्वस्थ दीर्घायुको रे
सधैँ राज्य हाम्रो नयाँ ढंगको रे ।।

न वार्ता यहाँको कहिल्यै सकिन्छ
न सत्ता यहाँको कहिल्यै अडिन्छ
न आफैँ नयाँ देश हाम्रो बनिन्छ
न चिन्ता यहाँ देशको संलिइन्छ ।।

उहाँ पुग्नुभो रे नयाँ काम खोज्न
उहाँ पुग्नुभो रे नयाँ दाम रोज्न
उहाँ नै विदेशी नयाँ शक्ति बुझ्ने
उहाँ रे सबै देशको भक्ति गर्ने ।।

सुनेँ सत्य वाणी नयाँ देशभित्र
सुनेँ रोग बोकी विदेशी पवित्र
सुनेँ देशमा न्यायको वेद मन्त्र
सुनेँ भव्यता राष्ट्रको त्यो स्वतन्त्र ।।

अरू जे रहून् रोगको सान हुन्न
अरू जे भनून् भोगको ध्यान हुन्न
अरू जे गरून् मौनता भंग हुन्न
अरू जे रुचाऊन् सबै ढंग हुन्न ।।

सिटामोलको जिन्दगी बाँच्न पाऊँ
सिटामोलमा राष्ट्र आफ्नो चिनाऊँ
सिटामोलकै शक्ति हेर्दै रमाऊँ
सिटामोलमै जिन्दगी साट्न पाऊँ ।।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x