साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश गन्हाउने जाँडका घ्याम्पाहरू

Nepal Telecom ad

साथीहरूसँग बसेको बेला
घाँटीबाट सोमरस पसेको बेला
त्यसै त्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरू, देश गनाउने किन होला ?

जति जति सोमरस चढ्न थाल्यो
उति उति नेताका सहस्रनाम पाठ बढ्न थाल्यो
जिब्रो पनि अगाडिको सितन भन्दा
पछाडिको नेताको सरापतिर पो बढ्न थाल्यो ।

नेतालाई सराप्न तँछाड मछाड चल्यो
सराप कम्पिटिसनमा नेता सराप्न उसले उसलाई उछिन्यो
जिब्रो जति लर्बराओस् तर
“त्यो साले गधा कुक्कुर नेता”– यत्ति पाठ त प्रष्टै गर्यो ।

टुप्लुक्क त्यही बेला त्यही सरापिएको नेता आई पुग्नुभयो
सिङ्गै चार बोतलको रक्सीले पनि चट्टक्कै छोडेर गयो
अघिसम्म जसको सत्तो सराप चल्दै थियो
त्यसलाई धनुष्टङ्कार नमस्कार गर्न तँछाड मछाड पो भयो ।

सबैका हात त्यसै नेतालाई मालिस गरुँला झैँ गर्न थाले
नेताले त्यहीँ आउँ झारे पहिले मैं चाटुला झैँ गर्न थाले
सपैका ढाड त्यसै त्यसै दोब्रिएर नेताको घुँडा ताक्न थाले
जिब्रो भोको कुकुरको जस्तो झुन्डिएर र्याल काढ्न थाले ।

के चित्त बुझेन र नेता स्वाट्ट बाहिरिनु भयो
नेताबाट अस्वीकृत सबै फेरि आफ्नो आसनमा थेचारिनु भयो
“देश लुट्ने ज्यानमारा यही त हो नि’ ! एउटाले प्याच्च भन्यो र घुट्क्यायो
“देश यसैले खत्तम पार्या हो” भन्दै अर्कोले मुट्ठी उज्यायो र गिलास रित्यायो ।

साथीहरूसँग यसरी बसेको बेला
घाँटीबाट सोमरस त्यसरी पसेको बेला
त्यसै त्यसै देशको माया उम्लेर आउने किन होला ?
सबै जाँडका घ्याम्पाहरू देश गनाउने किन होला ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x