साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्पको अकल्पनीय विनास !!

Nepal Telecom ad

महाभूकम्पको अकल्पनीय विनास !!

नयाँ वर्ष आरम्भमै २०७२ वैशाख १२ गते आएको भूकम्पले नेपाली धर्तीमा अत्यन्तै अकल्पनीय विनास निम्त्याएको छ । गोरखा, धादिङ् नुवाकोट, रसुवा, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र देशका अन्य भूभाग भूकम्पको चपेटामा परेका छन् ।

हेर्दा हेर्दै हाम्रा प्रचीन सम्पदाहरू, बिनष्ट भएका छन् र हजारौँ नागरिकहरू अनाहकै मृत्युको मुखमा परेका छन् । जताततै लासको खात लागेको छ, कैयौँ पुरिएका छन्, कैयौँ हराइरहेका छन् । कैयौँ घाइते भएर अस्पतालमा मृत्युसँग कुस्ती खेल्दैछन् । यसबेला आँसुको अर्को कोसी फुटेको छ । हामी हतप्रभ भएका छौँ । प्रकृतिले जबरजस्ती हामीमाथि यस्तो क्रुर व्यङ्ग्य गरिरहेको बेला हामी कसरी पाे हाँस्न सक्छौँ र !

त्यसैले यो शोक सन्तप्त घडीमा भूकम्पमा परी अनाहकमै मृत्यु वरण गरेका सबै आमा बुबा, दाजुभाइ, दिदीबहिनीप्रति हार्दिक शब्दश्रद्धा, व्यक्त गर्दछौं, उहाँहरूका परिवारजनहरूमा अश्रुसिक्त समवेदना जाहेर गर्दछौं, समस्त घाइते जनहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

विनासकारी भूकम्पका कारण आज छैटौंं दिनसम्म पनि काठमाडौंकै कतिपय ठाउँ विद्युत बिहिन बनेका छन् । मोबाइलको नेटवर्क छैन र इन्टरनेटको नामोनिसान छैन । यस्तो अकल्पनीय स्थितिका कारण हामी अरू हजारौं नागरिकसँगै खुला आकाशमुनि पातला प्लास्टिक ओडेर रात गुजार्न विवश भयौँ । त्यसकारण पनि फित्कौली नियमित अपडेट गर्न सकेनौं । सम्भवत अझै १/२ हप्ता हामी फित्कौली अपडेट गर्न सक्दैनौं । साँच्चै मित्र, प्रकृतिले जबरजस्ती हामीमाथि यस्तो क्रुर व्यङ्ग्य गरिरहेको बेला हामी कसरी पो हाँस्न सक्छौँ र !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x