साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छर्छ सधैं अशान्ति ?

Nepal Telecom ad

लैनो भैंसी बनाए, कतिपय जनले, चोर भूकम्पलाई
आफ्नै छाना र खाना, वसन सब नयाँ, बन्न गो कम्प आई ।
धेरैका गास बासै, वसन छिनिदियो, घोर भूकम्प आई
लैनो भैंसी बनाए, अभिजन जतिले, चोर भूकम्पलाई ।।१।।

एन्जीओकर्मी मोटा, कतिपय सुकिला पुष्ट सर्कारी मान्छे
पीडामा तड्पिएका, दुखित जन सबै, तुच्छ रोगी मगन्ते ।
कुण्डी (कमन्डलु) मात्रै बनायौ, जन–दुख अगुवा, पेट आफ्नै भरेर
कस्तो सर्कार हाम्रो, अधम दलपति, भागबन्डा गरेर ।।२।।

कस्को छेउ गुनासा, उजुर अब गरम्, सुन्छ को आई पीडा
हामी फोटो र खोटो, अभिजन जतिको, अग्लिने तुच्छ क्रीडा ।
पर्जा, रैती बनेरै, कति दिन दुहिनू, ठालुकै मोजमस्ती
नेता यी नामधारी, उडुस र उपियाँ, छर्छ सध्धैं अशान्ति ।।३।।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x