अनिल KH पौडेल’मान्छे
आकाशले पनि थर्काउँछ
पातालले पनि थर्काउँछ
घर पसौं,पसिसक्नु छैन
बाहिर बसौं, बसिसक्नु छैन
कहिले आँधि आउँछ
कहिले असिना पर्छ
कहिले नदी थुनिन्छ
कहिले पहिरो झर्छ,
एकछिनमा घाम चर्किन्छ
तुरून्तै जाडो हुन्छ
छुस्स छुस्स मिसकल गर्छ
कान ठाडो हुन्छ,
नेपाल पाल भयो
भूकम्प काल भयो
क्या आनन्द थियो
अहिले बेहाल भयो ।
हिमाललाई माल बनाउन
फेरि जुट्दैछन् मान्छे
धुलो टक्टक्याएर
फेरि उठ्दैछन् मान्छे
ढुँगा माटो बटुलेर
बालुवा चाल्दैछन् मान्छे
चूल्हामा निउरिएर
आगो बाल्दैछन् मान्छे ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































