साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प

Nepal Telecom ad

सिङ्गो देश बनाउँदै थिलथिलो भूकम्प आयो, गयो ।
हा कस्तो निठुरी भयो प्रकृति यो सन्तान कोको लग्यो
काभ्रे धादिङ, गोरखा सँगसँगै नेपाल जम्मै दुख्यो ।
साँचेको मनको सुदूर सपना एक्कासि माटो बन्यो ।। (१)

सारा गाउँ सखाप भो क्षणभरै त्यो सिन्धुपाल्चोकको ।
उस्तै देख्दछु दुर्दशा, छटपटी हाम्रो नुवाकोटको ।।
पीडाले अछुतो रहने अहिले नेपाल खाल्डो पनि ।
बस्दै छन् कति पालमा महलका कङ्गालजस्तै बनी ।। (२)

सुत्केरी, असहाय वृद्ध, वनिता कैयौँ मरे बालक ।
शौकैशोक बढेर खप्न नसकी आमा बनिन् पागल ।।
केही छैन सबै निमेषभरमै भूकम्पले सिद्धियो ।
छैनन् लास उठाउने पनि यहाँ सोच्दै नसोच्या भयो ।। (३)

कैयौँका परिवार, वंश नरही लीला सबै टुङ्गियो ।
हाम्रो शान बढाउने धरहरा आधारबाटै ढल्यो ।।
खेतीयोग्य पहाडका जमिनमा धाँजा खुबै फाटिए ।
हाम्रो मन्दिर चैत्य, मस्जिदहरू आँखा रसाई ढले ।। (४)

दुख्दैनन् किन आज शासकहरू पीडा बढेको क्षण ?
टाढा दुर्गम गाउँ राहत लिई पुग्दैन कोही किन ?
ठग्दै छन् कतिले असभ्य मतिले कालोबजारी गरी ।
हाम्रा कानुन मौन छन् किन सधैँ आपत्विपत्को घडी ?(५)

मान्छेको घर घाटझैँ बनिरह्यो लाग्दै छ पस्दा डर ।
अग्ला यी घरभित्र जोखिम हुँदा भाग्दै छ मान्छे पर ।।
जाँदा कम्पन बारबार मुटुमा ढ्याङ्ग्रो बज्यो त्रासको ।
सम्झे आङ सिरिङ्ग हुन्छ जहिल्यै वैशाखको मास त्यो ।। (६)

झर्ने भो पहिरो भनी विकटका यी गाउँले त्रस्त छन् ।
बस्ती र्सन अबेर भो विरहले छातीहरू जल्दछन् ।।
कैलेसम्म बचेर बस्नु जनता आकाश छानोमुनि ?
को बन्ला अब साहरा दिनदिनै चित्कार हाम्रो सुनी । (७)
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आशङ्का

आशङ्का

नारायण निरासी
दपेट्ने अरू छन्

दपेट्ने अरू छन्

नारायण निरासी
आह्वान गीत

आह्वान गीत

नारायण निरासी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x