साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आह्वान गीत

सुस्तामा लिपुलेकमा छिचिमिरा गोहीहरू पस्तछन् हामी मौन बस्यौँ भने बल गरी नेपाल नै निल्दछन् ।

Nepal Telecom ad

ढोँगी शासकका विरुद्ध जनता आवाज बोकी उठ
तिम्रा बन्दुक नालका अघि सरी थापेर छाती बढ ।
सक्छौ मार करोड नागरिकका ताँतीहरू निस्किए
तिम्रो लास बनाउँछौँ जमिनको माटो कतै बेचिए ।

बढ्ला भोलि अमेरिकी दबदबा छिर्लान् सिपाहीहरू
सुत्केरी कसरी सुरक्षित रहून् च्यापेर नानीहरू ?
लाखौँलाख जडीबुटी खनिजमा आँखा लगायौ किन ?
हाम्रो देश नहोस् इराक सिरिया बेचेर आफ्नोपन ।

पाए पित्तल किन्न शासकहरू बेच्छन् सुनौला सुन
झुप्राभित्र चुलो चिसो भइरह्यो किन्नै नसक्दा नुन ।
आमा बेच्न तयार छन् डलरमा बिक्नेहरू देशमा
छिः कस्तो गणतन्त्रको बिगबिगी आएछ नेपालमा ।

जो जान्छन् सरकारमा मुलुकको लुट्छन् तिनै अस्मिता
कोदाली खुकुरी खुँडा घन झिकी उत्रौँ हिरा फोरिँदा ।
पुर्खाको बलिदान बिर्सिन पुगी को सक्छ लाछी हुन
लिन्छौ जीवन एकको यदि भने सक्छन् सयौँ जन्मिन ।

सुस्तामा लिपुलेकमा छिचिमिरा गोहीहरू पस्तछन्
हामी मौन बस्यौँ भने बल गरी नेपाल नै निल्दछन् ।
गिद्देदृष्टि पर्यो सधैँ असुरको नेपालका बुद्धमा
वैरीका तरबार धार छिचली हामी लडौँ युद्धमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आशङ्का

आशङ्का

नारायण निरासी
दपेट्ने अरू छन्

दपेट्ने अरू छन्

नारायण निरासी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x