सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

किस्सा सुनाउँदै

Nepal Telecom ad

भट्टीको मालिकले ज्ञानगुनका किस्सा सुनाउँदैछ
भिक्षुले एकान्तमा खुनका किस्सा सुनाउँदैछ

खै किन बतुराएको होला पुरेत बुढो पनि
बिहेको मण्डपमा अपसकुनको किस्सा सुनाउँदैछ

देख्नु भो रमिता नयाँ प्रेमीले प्रेमिकालाई
बोलाएर अँध्यारोमा जूनका किस्सा सुनाउँदैछ

महायज्ञमा भीड तान्न युवा पण्डित अचेल
भागवतका नाममा मैथुनका किस्सा सुनाउँदैछ

प्रवचन सुन्नु भयो कि त्यो नयाँ फकिरको
किरिया बसेकालाई नुनका किस्सा सुनाउँदैछ

ठट्टा होे यदि भने त्यसको पनि त हद हुन्छ
टुँडिखेलमा नेताले कार्टुनका किस्सा सुनाउँदैछ

हाँसेरै मरिन्छ क्यार मुस्कान पाशा, यो सर्कार त
संविधानका कुरा छोडी हनिमुनका किस्सा सुनाउँदैछ ।

गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
प्रगतिवाद

प्रगतिवाद

रुद्र ज्ञवाली
यो देश रक्षा गर

यो देश रक्षा गर

रुद्र ज्ञवाली
खलपात्र

खलपात्र

रुद्र ज्ञवाली
घर्षणवाद

घर्षणवाद

रुद्र ज्ञवाली
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'