साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दपेट्ने अरू छन्

सधैँ एकताको पिटी ढोल व्यर्थ बनी राहु टुट्ने र फुट्ने अरू छन् । म चाहन्छु झुप्रो सिँगारेर बस्न उठाएर बस्ती लखेट्ने अरू छन् ।

Nepal Telecom ad

म उठ्दा नउठ्दै घचेट्ने अरू छन्
मलाई लडाएर उठ्ने अरू छन् ।

कमाएर खाने हरायो जमाना
बहाना बनाएर लुट्ने अरू छन् ।

अहोरात्र खट्ने गरे बन्छ देश
म खट्दा गफै मात्र चुट्ने अरू छन् ।

म चाहन्नँ मान्छेविनाको समाज
मलाई दुखाई दपेट्ने अरू छन् ।

सधैँ एकताको पिटी ढोल व्यर्थ
बनी राहु टुट्ने र फुट्ने अरू छन् ।

म चाहन्छु झुप्रो सिँगारेर बस्न
उठाएर बस्ती लखेट्ने अरू छन् ।

०००
हरिवन, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आशङ्का

आशङ्का

नारायण निरासी
आह्वान गीत

आह्वान गीत

नारायण निरासी
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x