सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हर्रो चपायो

नारा लगायो र उल्टो हिंडायो जोगी र भोगी अगुल्टो चलायो रोगी छ भाते छुरा पो चलायो आतङ्ककारी छ हर्रो चपायो ।

Nepal Telecom ad

मानो बुकायो र पाथी भरायो
भर्दै भकारी चकारी अघायो
सत्ता चलायो अहङ्कार छायो
आतङ्ककारी छ हर्रो चपायो ।१

के के लुकायो र खै के हरायो
हुङ्कार कस्तो छ घाँडो बनायो
ढोग्दै पराया छ मुर्दा जनायो
आतङ्ककारी छ हर्रो चपायो ।२

आगो लगायो र छानो डढायो
लाचार घाती कुवा पो खनायो
यी सम्पदाको त सातो उडायो
आतङ्ककारी छ हर्रो चपायो ।३

कालो न कालो छ ध्वाँसे सतायो
के के न राम्रो छु आफै बतायो
देखेन केही र खुम्रो लुकायो
आतङ्ककारी छ हर्रो चपायो ।४

चोरेर खायो र नाच्यो रमायो
जो धुन्धुकारी गुलामी जनायो
आमा रुवायो मलामी जनायो
आतङ्ककारी छ हर्रो चपायो ।५

नारा लगायो र उल्टो हिंडायो
जोगी र भोगी अगुल्टो चलायो
रोगी छ भाते छुरा पो चलायो
आतङ्ककारी छ हर्रो चपायो ।६

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

टङ्कराज ढकाल ‘तितेपाती’
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
छाक टारौँ कसोरी

छाक टारौँ कसोरी

टङ्कराज ढकाल ‘तितेपाती’
खेदौँ फटाहा

खेदौँ फटाहा

टङ्कराज ढकाल ‘तितेपाती’
नशा 

नशा 

टङ्कराज ढकाल ‘तितेपाती’
बिर्सिन् क्या यी शालिनीले मलाई

बिर्सिन् क्या यी शालिनीले...

टङ्कराज ढकाल ‘तितेपाती’
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने