नारायण निरासीआशङ्का
चिरेको छातीमा जलन नबढोस् भन्दछु बढ्यो नदी तर्दा तर्दै बिचतिर पुगी नाविक डुब्यो परेवा उड्दैनन् गगनभरमा बारुद उडे रिन् मुर्च्छा आमा छटपट गरी बालक मरे ।

नारायण निरासी :
उडायो आँधीले पतकरसरी छप्पर पर
बगायो बाढीले जिउधनसँगै गोठ र घर
दुखिन् मायादेवी सहन नसकी यो मन दुख्यो
तराईको खम्बा ढलपल गर्यो ढल्छ कि अहो !
डुब्यो कालापानी घरिघरि डुब्यो लक्ष्मणपुर
सहारा खोज्दै छन् हरिपुरसँगै सन्दकपुर
सहेली पाइन्नन् किन किन यहाँ दुःख सुखका
चुला बाल्ने कल्ले मुसहर, मियाँ, राजपुतका ?
बढेको गर्मीमा यकिन नहुने यहाँ दर्द अति छन्
मधेसीका छाती भरिभरि यहाँ दर्द अति छन्
चल्यो ठन्डी बढ्ता शिशिर ऋतुमा शीत लहर
यिनै गैँडा, हात्ती घरघर पसे लाग्दछ डर ।
कसैले त्यागेनन् करतुत, ढिपी स्वार्थ र हठ
विरूपी पार्दै छन् बलबल मिली मन्दिर, मठ
विलौना गर्दै छन् कति कमलरी शोषित हुँदा
निकासा खोज्लान् को प्रलय लयमा पीडित रुँदा ?
चिरेको छातीमा जलन नबढोस् भन्दछु बढ्यो
नदी तर्दा तर्दै बिचतिर पुगी नाविक डुब्यो
परेवा उड्दैनन् गगनभरमा बारुद उडे
रिन् मुर्च्छा आमा छटपट गरी बालक मरे ।
हरे ! त्यागी बन्दै मुलुक कसले हाँक्छ अहिले ?
पराले यी झुप्रा हुर हुर बले निभ्छ कहिले ?
बगैँचामा आँखा हुचिल चिलको पर्छ कि अब ?
पिलो टन्क्यो झन्झन् अवयव कुनै झर्छ कि अब ?
०००
हरिवन, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































