सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रज्ञाको स्रष्टा भेटघाट कार्यक्रम

Nepal Telecom ad

काठमाडौँ २०७२, जेठ २४ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष नेपाल आएको अवसर पारी भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भेटघाट समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र उपाध्यक्ष राधेश्याम लेकालीलाई खादा अर्पण गरी सम्मान गरिएको थियो । उप्रेतीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिन महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यको निरन्तरता रहेको बताउनु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले विभिन्न साहित्यिक संस्थासँग सहकार्य गर्दै आएको चर्चा गर्नुभयो ।

उपकुलपति डा.विष्णु विभु घिमिरेले अतिथिहरुलाई स्वागत गर्दै विगत २४ वर्षदेखि अनेसासले साहित्यिक क्षेत्रमा विशिष्ट कार्य गर्दै आएको बताउनु भयो । उहाँले नेपाली साहित्यको श्रीवृद्धिमा लागि परेकाप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाल च्याप्टर र अनेसासले गरेको कार्यको सराहना गर्नुभयो । प्रज्ञा प्रतिष्ठान र अनेसास मिलेर आउँदा दिनमा महत्वपूर्ण कार्य गर्ने विश्वासका साथ पदम विश्वकर्मा यस कार्यको निम्ति बलियो खम्बा भएको घिमिरेको कथन थियो ।

समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्माले ‘नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा अनेसासको भूमिका’ विषयमा आफूले सँगालेका अनुभवहरू प्रस्तुत गर्नुभयो । उहाँले नेपाली साहित्यका कृतिहरू अनुवाद गरी विश्व बजारमा पु¥याएर नोबेल पुरस्कारका निम्ति लबिङ गर्नु आवश्यक रहेको बताउनु भयो । ‘नेपाल सरकारले विभिन्न देशहरूमा अवैतनिक साहित्यिक दूत नियुक्त गर्ने हो भने उपलब्धीपूर्ण हुने’ विश्वकर्माको कथन थियो ।

अनेसासको नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा धेरै काम भएको र अझै बाँकी कार्यका निम्ति लागि पर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले नेपाल प्रज्ञा–प्रतिष्ठान आफ्ना समग्र कार्य र गतिविधिहरूलाई विश्वव्यापी बनाउन चाहन्छ भन्नु भयो । ‘यसका निम्ति हामी सहकार्यलाई प्राथमिकता दिँदै आएको छौँ’ गिरीले बताउनु भयो ।

कार्यक्रममा प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू र अनेसास नेपाल च्याप्टरसँग सम्वद्ध स्रष्टाहरूका साथै अन्य स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad