साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै लाज खै सर्म खै ?

Nepal Telecom ad

रोए पर्वत श्रृङ्खला र छहरा रोए घना जङ्गल
रोए ताल तलाउ लेक चुचुरा रोए नदी भङ्गला
रोए राष्ट्रिय सम्पदा मुलुकका रोए अनाथालय
रोए मन्दिर शङ्ख घण्ट तवला कामेर न्यायालय

रोए फाँट तराई उच्च गिरिका रोए पहाडी स्थल
रोए सुन्दर शान्त कान्त नगरी रोए हिमाली धरा
रोई कोकिल कण्ठकी वनचरी रोए चराका हुल
वास्ना मग्मग छर्किने जगतका रोए अनेकौ फुल

रोए देश विदेशमा अमिलिदै अत्तालिएका मन
रोए भोट मधेसका शहरका लाखौँ करोडौ जन
गाई गोठ र जीव जन्तु वनका अर्ना तथा चित्तल
रोेए घोरल न्याउरी हरिणका पाठा र पाठी सब

रोए शिक्षक शिक्षिका वकिल वा उद्योगका मालिक
रोए डाक्टर नर्स कर्मपथका कुल्ली तथा सैनिक
रोए लेखक पत्रकार दुनियाँ सञ्चारका बाहक
रोए प्राज्ञ कवीन्द्र चेतमनका साहित्यका साधक

रोए खेत किसान वाद्यवदना रोए कलाका धन
मान्छेका अधिकारका विषयमा लड्ने सबै सज्जन
ज्यामी ज्यावल शिल्पकार भरिया रोए डकर्मी अनि
रोए राज्य निकायका पुलिसनै रोए सिकर्मी पनि

यो भूकम्प विपत्तिका समयमा संसार रोयो तर
रोएनन् दिलबाट यो मुलुकका स्वार्थी तमासे दल
ढुक्छन् ¥याल चुहाउँदै सदनमा खै नाक खै गर्व खै ?
तानाताना त्रिपालको छ रमिता खै लाज खै सर्म खै ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x