साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनेसासको विशेष साहित्यिक समारोह

Nepal Telecom ad

अन्तर्रािष्ट्रय नेपाली साहित्य समाजले २०७२ जेठ २३ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विशेष साहित्यिक समारोह आयोजना गरी अन्तर्दृष्टि (अनेसासको साहित्यिक प्रकासन अङ्क ३९) को लोकार्पण गर्यो ।

भूकम्प पीडित स्रष्टाहरूलाई राहत प्रदान गर्न समिति घोषणा गर्दै अनेसास नेपाल च्याप्टरले केन्द्रीय अध्यक्ष पदम विश्वकर्मालाई सम्मान पनि प्रदान गरेको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती प्रमुख अतिथि रहनु भएको सो समारोहको अध्यक्षता अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार प्रदीप बमजनले गीतहरू प्रस्तुत गर्नु भएको थियो । कुलपति गङ्गा प्रसाद उप्रेती, अनेसास अध्यक्ष पदम विश्वकर्मा, वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र प्रसाद लुइँटेल, अनेसासका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, केन्द्रीय सदस्य तथा नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडीले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा भूकम्पको शोकलाइ शक्तिमा बदल्दै काम सरु गर्ने संदेश व्यक्त गरिएको थियो ।

कार्यक्रममा भूकम्प पीडित स्रष्टाहरूलाई राहत प्रदान गर्न गठित समितिका सदस्यहरूलाई मनोनयन पत्र पनि प्रदान गरिएको थियो । सो समितिमा नेपाल प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद सदस्य मात्रिका पोखरेल (संयोजक), सदस्यहरूमा साहित्यकारहरू प्रतिक ढकाल, कृष्ण प्रसाई र फुलमान बल तथा सदस्य सचिवमा सन्ध्या पहाडी रहनु भएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x