साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईटीको पोइ धुरु धुरु रोइ

Nepal Telecom ad

सोर्ह वर्ष टेक्दै थिएँ
जुँगाले रेखी छेक्दै थिएँ
एक दिन बाले भने
अब त लक्का जवान भइस्
गृहस्ती चलाऊने पक्का जवान भईस्
राम्रो घरको प्रस्ताव आको छ
चिटिक्क परेस्
आज केटी हेर्न जाने कुरो भाको छ ।

मैले भनेँ
बा म अहिले पढ्छु
जागिरे भएपछि मात्र बिहे गर्छु ।
बाले हप्काउदै भने
अरु कुरा जान्दैन
तेरो बिहे नगराई मान्दैन
बिहे गरेर पढ्न सकिन्छ
जसरी पनि अगाडि बढ्न सकिन्छ
खान्दानकी छोरी छ
केटी त
त काली भन्दा गोरी छ
ज्वाँईलाई पनि पढाउलान्
सम्धिलाई पनि राम्रै चढाउलान् ।

डोली सजाइयो
बाजा बजाइयो
भोज गरेर
मासु भात पचाइयो ।
पढ्नलाई भनी सहर आइयो
सानो तिनो जागिर नि खाइयो
बिस्तारै बढुवा हुँदै
हाकिम समेत भइयो
घर घडेरी कमाइयो
सहरकी गोरीसँग नि रमाइयो
घरकीलाई त
भैंसी भन्दा काली लाग्यो
त्यो भन्दा राम्री साली लाग्यो
सहरकी गोरीसँग भुलियो
एक दिन उसलाई
श्रीमती बनाई हुलियो ।

न कान्छी थाह थियो
न जेठीलाई थाह थियो
आफूलाई त दुबै आहा थियो
गाउँमा घरबार बनाइ दिएँ
सहरमा दरबार बनाइ दिएँ ।

एक दिन खै कसरी कुरो खुलेछ
कान्छीको त मुखै फुलेछ
जेठीका माइती जागे
कान्छीका भाइ पनि
कार्वाही गर्ने भन्दै लागे
म त यता न उता
दुई चार दिन घर छोडेरै भागेँ ।

पछि सम्पति बाँड््ने कुरो भयो
जेठीले गाउँको लाने
कान्छीले सहरको लाने
तर टुङ्गो छैन अझै
म कता जाने ।
कान्छीले भन्छे म लान्छु
जेठीले भन्छे म जान्छु
आफू त भइयो तानातान
तानातानमा धन्न भइयो एक घान ।
कान्छीले भनी
त्यसो भए आधी आधी बाडौँ
तिमी अलिक बुढी छ्यौ
माथितिरको भाग लैजाऊ
केटी फकाउन जानेको छ
तिमीलाई हसाउँछ
तलतिरको भाग मेरो
मलाई पनि घुमाउँछ
इन्जोय पनि गराउँछ ।

जेठी जागी
तलाई राँड
यसको जवानी पनि तैले खाइस्
यसको माया पनि तैले पाइस्
अझै रोजेको पाइन्छ ?
म पनि जवान नै छु
तलको भाग मलाई चाहिन्छ
ठुला कुरा गर्छेस्
आज तँ मबाट ठहरै पर्छेस् ।

जेठी काली झैं जागी
कान्छी पत्तोकट भागी
ओहो दुईटीको पोइ त
कोही नहोस्
भए शत्रुकै होस् ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x