साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नत्र राजा आउँछ

Nepal Telecom ad

उहिले आमाले खाना खुवाउँदा
खान पटक्क मनै नलाग्दा
आमा भन्नु हुन्थ्यो–
खाउ है बाबु नत्र भूत आउँछ
अनि डरै डरले खाइन्थ्यो
के गर्नु ? नत्र भूत आउँछ !

पछि गुरुले यसो गर्नु उसो नगर्नु भनि सिकाउँदा
गुरुले भनेको मान्न मनै नलाग्दा
गुरु भन्नु हुन्थ्यो–
भनेको मान है बाबु नत्र पुलिस आउँछ
अनि डरै डरले भनेको मानिन्थ्यो
के गर्नु ? नत्र पुलिस आउँछ !

आजभोलि नेताले समर्थन माग्दा
आफूलाई बिरोध गर्न मन लाग्दा
नेताहरू भन्ने गर्छन्–
हाम्रो समर्थन गर, बिरोध नगर है, नत्र राजा आउँछ
अनि डरै डरले त्यहि गरिन्छ छ जे गरिँदै छ
के गर्नु ? नत्र राजा आउँछ !

डरै डरमा कति बाँच्छौ बाबु ?
आमा, गुरु, नेता र राजा बीचको फरक कहिले बुझ्छौ बाबु ?
आफ्नो भलाइ आफै कहिले सोच्छौ बाबु ?
अझै केटाकेटी छौ ? कहिले हुर्कन्छौ बाबु ? चाँडै हुर्क है
के गर्नु ? नत्र राजा आउँछ !

“भूत, पुलिस, राजा जे जे आए पनि म डराउँदिन
मलाइ ठिक नलागेको कुराको म समर्थन गर्दिन”
यत्ति भन्न सक्ने कहिले हुन्छौ बाबु ?
चाँडै भन्न सक्ने हौ है
के गर्नु ? नत्र राजा आउँछ !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x