सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होस्टेल

Nepal Telecom ad

ठुलो छ किचेन
ठुलै छ बाथरुम
हरेक कोठा ठुलठुला छ
आउनुहोस् हाम्रो होस्टलमा
बारै महिना भर्ना खुला छ ।

कतै केटी ल्याउन नपाइने
कतै केटा ल्याउन नपाइने
कतै रक्सी खान नपाइने
खै के के हल्ला छ
तर यो होस्टेलमा
सब खुलमखुला छ ।

पालेलाई भनेपछि
जे जे पनि ल्याउँछ
गार्ड पनि उही
कुक पनि उही
सब एकैले गर्न भ्याउँछ
सस्तो छ मस्तो छ
होटेल जस्तो छ
चिकेन पाउँछ मटन पाउँछ
भन्यो भने सूर्ति खैनी सब आउँछ
मधुशाला जस्तो छ
होस्टेलमा त
ढिलै आए पनि हुन्छ
आउँदै नआए पनि हुन्छ
धर्मशाला जस्तो छ
बदेल बङ्गुुरदेखि
लोकल चल्ला छ
आउनुहोस्
उपचार गर्न आउने भए पनि
भर्ना खुल्ला छ ।
घना बस्ती बिच छ होस्टल
छेउछाउ लाइन मार्न पाइने
भाग्य जुर्यो भने लब गर्न पाइने
कलेज गए पनि हुन्छ
जाँदै नगए पनि हुन्छ
होस्टेलमै पढे पनि हुन्छ
पढ्दै नपढी
टुन्न जाँड खाएर लडे पनि हुन्छ
न उठाउने आमा छिन्
न कचकच गर्ने बाउ छ
आफ्नो त
खाली पैसो कमाउने दाउ छ
कसैले मेरो होस्टल नराम्रो भन्छ भने
मन्नुस् त्यो केवल हल्ला छ
ढुक्कले आउनुस्
बारै महिना भर्ना खुला छ ।
तालिममा आको भए पनि चल्छ
लोक सेवा पढ्न आको भए नि चल्छ
दुई चार दिन
ब्याक पेपर दिन आको भए पनि चल्छ
किनभने यसरी पनि पैसो नै फल्छ
जे भए पनि हाम्रो होस्टेल त चल्छ
बुढो भए पनि लिने
बबुरो भए पनि लिने
यही हाम्रो सल्ला छ
आउनुहोस्
तीन पैसँट्ठी दिन भर्ना खुल्ला छ ।
बिदेश जानेको लागि पनि
भिसा अप्लाई गरिन्छ
नसादेखि नसेली
सब सप्लाई गरिन्छ
होल्सेल पनि चलाका छौँ
फुटकर पसल पनि चलाका छौँ
जसरी हुन्छ
दुइचार दाम कमाका छौँ
ठुलै छ भवन
कोठा पनि ठुल ठुला छ
आउनुहोस्
भारी छुटका साथ
होस्टलमा भर्ना खुल्ला छ ।
दाङ, हाल–काठमाडौँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ए सराद्दे बाजे

ए सराद्दे बाजे

प्रेम ओली ढकलपुरे
ए हावा

ए हावा

प्रेम ओली ढकलपुरे
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
ए हावा

ए हावा

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे