साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस्टेल

Nepal Telecom ad

ठुलो छ किचेन
ठुलै छ बाथरुम
हरेक कोठा ठुलठुला छ
आउनुहोस् हाम्रो होस्टलमा
बारै महिना भर्ना खुला छ ।

कतै केटी ल्याउन नपाइने
कतै केटा ल्याउन नपाइने
कतै रक्सी खान नपाइने
खै के के हल्ला छ
तर यो होस्टेलमा
सब खुलमखुला छ ।

पालेलाई भनेपछि
जे जे पनि ल्याउँछ
गार्ड पनि उही
कुक पनि उही
सब एकैले गर्न भ्याउँछ
सस्तो छ मस्तो छ
होटेल जस्तो छ
चिकेन पाउँछ मटन पाउँछ
भन्यो भने सूर्ति खैनी सब आउँछ
मधुशाला जस्तो छ
होस्टेलमा त
ढिलै आए पनि हुन्छ
आउँदै नआए पनि हुन्छ
धर्मशाला जस्तो छ
बदेल बङ्गुुरदेखि
लोकल चल्ला छ
आउनुहोस्
उपचार गर्न आउने भए पनि
भर्ना खुल्ला छ ।
घना बस्ती बिच छ होस्टल
छेउछाउ लाइन मार्न पाइने
भाग्य जुर्यो भने लब गर्न पाइने
कलेज गए पनि हुन्छ
जाँदै नगए पनि हुन्छ
होस्टेलमै पढे पनि हुन्छ
पढ्दै नपढी
टुन्न जाँड खाएर लडे पनि हुन्छ
न उठाउने आमा छिन्
न कचकच गर्ने बाउ छ
आफ्नो त
खाली पैसो कमाउने दाउ छ
कसैले मेरो होस्टल नराम्रो भन्छ भने
मन्नुस् त्यो केवल हल्ला छ
ढुक्कले आउनुस्
बारै महिना भर्ना खुला छ ।
तालिममा आको भए पनि चल्छ
लोक सेवा पढ्न आको भए नि चल्छ
दुई चार दिन
ब्याक पेपर दिन आको भए पनि चल्छ
किनभने यसरी पनि पैसो नै फल्छ
जे भए पनि हाम्रो होस्टेल त चल्छ
बुढो भए पनि लिने
बबुरो भए पनि लिने
यही हाम्रो सल्ला छ
आउनुहोस्
तीन पैसँट्ठी दिन भर्ना खुल्ला छ ।
बिदेश जानेको लागि पनि
भिसा अप्लाई गरिन्छ
नसादेखि नसेली
सब सप्लाई गरिन्छ
होल्सेल पनि चलाका छौँ
फुटकर पसल पनि चलाका छौँ
जसरी हुन्छ
दुइचार दाम कमाका छौँ
ठुलै छ भवन
कोठा पनि ठुल ठुला छ
आउनुहोस्
भारी छुटका साथ
होस्टलमा भर्ना खुल्ला छ ।
दाङ, हाल–काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x