साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेल्लो काँ पर्यो ?

Nepal Telecom ad

टेलिफोन हुँदा आउँथ्यो
हेल्लो काँ पर्यो
भनिन्थ्यो
डिल्ली बजार पर्यो
मंगल् बजार पर्यो
हुँदा हुँदा
मोबाईल पनि उही आउँछ
हेल्लो का पर्यो ?
म भन्छु
कानपुर पर्यो
नाम त मोबाईल
एउटै ठाउमा हुने भने
यसको नाम किन मोबाईल हुन्थ्यो
भए टेलेफोनको भाइ हुन्थ्यो
कानपुर पर्यो भनेपछि
बुझने त थपक्कन राखी दिन्छन्
नबुझ्ने त
नेपाल नम्बर कसरी ईन्डिया पर्यो भन्दै
कारण सहित पो मागी दिन्छन्
म पनि के कम
हिजो नाकपुरमा थेँ
आज कानपुरमा छु
भोलि फोन हान्नु भो भने
हानपुरमा हुन्छु
उसले फेरि भन्यो
नजिस्किनुस न दाइ
भन्नुस् न कहाँ पर्यो ?
मैले भनेँ
जहाँ हान्यौ त्यहीँ पर्यो
यो ल्यान्ड फोन हो र कहाँ पर्यो ?
यो त जाँ लाग्यो त्यही पर्यो ।

उताबाट आवाज आयो
हजुर को बोल्या हो ?
मैले भनेँ फलानो बोल्या हो

फेरि भन्यो
ओ हो काका
मैले हजुरलाई त खोज्या हो
तेरिमा डाँका
कहाँ पर्यो भन्ने हो
को पर्नु भो पो भन्ने हो त
को बोल्नु भो भनेको भए त
अघि नै कुरा सकिन्थ्यो
बेकारका कुरा गरेर
तेरो तेत्रो पैसो सकिन्थ्यो ?
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x