साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूकम्प डायरी— दुई

Nepal Telecom ad

सुनमायाको आप्पा !
मैले कनिका निफन्ने
मालिङ्गोको नाङ्लो जस्तो,
कि छिरिङ डोल्माले जाउलो खाने
सिलिबरको रिकापी जस्तो,
यो चेप्टो धरतीलाई
जुगौँदेखि आफ्नो काँधमा बोक्दा बोक्दै
काँधको छाला र हड्डी नै पिल्सिएपछि
माछाले काँध हल्लायो !
हेर न !
कति अचम्मसँग हल्लायो माछाले काँध !
डोलीमा बसेकी पृथिवी रानी
छमछम पाउजु बजाउँदै
डोलीभित्रै नाच्न थालिन् !
हाम्रा झुपडीहरू
हाम्रै छोरीहरू जस्तै घुँघुँरा बजाउँदै नाच्न थाले !
च्याङ्वाले कम्मर मर्काए जस्तै
खनिउँका रुखहरू नाच्न थाले !
लौ न के भएको हो यस्तो !
माछाको काँधबाट खसेर—
धरती नै डुब्ला कि जस्तो छ !
शिरको सुर्जे शिरैमा खसी—
झ्वाप्पै निभ्ला कि जस्तो छ !
च्याक् ढुङ् ढुङ् ! च्याक ढुङ् ढुङ् !
पर्वतले बजाउँदै छ शिलाको डम्फु
नदीले गाउँदै छ आँसुको सेलो !
‘काँक्रा फर्सी रोप !’ भन्दै
आकाशमा उडिरहेका
सहस्र क¥याङकुरुङहरूको घुर्मैलो छायामुन्तिर
मालिङ्गोको नाङ्लोबाट
हामी त तोरीका दाना जस्तै
पोखिन थाल्यौँ हावामा !
हेर्दाहेर्दै चिउरीको हाँगाबाट
खसेर फुट्यो जुरेलीको फुल !
बगरको धूलोमा भाँचिएर
आस्याङ्झैँ ढल्यो इन्द्रेणी !
पहिरोमाथि माइती घर छ—
पहिरोमुनि हाम्रो घर !
सुनमायाको आप्पा !
भुइँचालोको छैन भर !
अब यो ऐँसेलुको दानामा झरेको आँसुको थोपा
पछ्यौरीको छेउले पुछ्नु त होला !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x