साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबाको सपना

डाक्टर, पाइलट, नेता वा व्यापारी यी त अरू नै बनि सके ! म उनीहरुभन्दा फरक केही बन्न चाहन्छु ! म के बनूँ ? म अरु नै सम्भावनाहरू खोज्न चाहन्छु । म आफ्नै सपनामा बाँच्न चाहन्छु ! ताराबाजी लै लै ! ... ताराबाजी लै लै !!

Nepal Telecom ad

विप्लव ढकाल :

निकै लामो युग बितेपछि
कवि गोपाल प्रसाद रिमालकी आमाले
हुरी, बतासको सपना देख्न छोडिन् !
उनको यौवनभरिको सपनासँगै
सानो सुकुमार छोरो- नायक बनेर हुर्कियो !

छोराले ‘ओ युवती । ओ रूपवती !!’ भन्दै
एउटी सुन्दरी नायिकासँग लभ म्यारिज गर्‍यो ।
नायिकालाई ‘गर्भाधान’ गर्‍यो
र जन्मायो ‘आधा बुद्ध र आधा लेनिन’ जस्तो
एउटा गुथुमुने छोरो !

आजभोलि त्यही छोरालाई काखमा राखेर
जीवनको खेल खेलाउँदा खेलाउँदै
ऊ आफै सुन्दर सपनाहरू देख्न थाल्यो-
ताराबाजी लै लै ! … ताराबाजी लै लै !!

अब यही छोरो नायक- यही छोरो गायक !

यही छोरो डाक्टर- भगाउँछ बिमार !
यही छोरो पाइलट- उडाउँछ विमान !
यही छोरो इन्जिनियर- बनाउँछ महल ।
यही छोराले खोल्छ एन.जी.ओ.- कमाउँछ डलर !
ताराबाजी लै लै ! … ताराबाजी लै लै !!

अब यही छोरो एक्टर- यही छोरो डाइरेक्टर !

यही छोरो जान्छ अमेरिका- लिन्छ ग्रिनकार्ड !
यही छोरो क्यानडाको पी.आर.- चढ्छ मर्सिडिज कार ।
यही छोरो अस्ट्रेलियाको व्यापारी- खोल्छ पैसाको फ्याक्ट्री ।
यही छोरो सङ्घीय राज्यको नेता- बन्छ मुख्य मन्त्री ।
ताराबाजी लै लै !… ताराबाजी लै लै !!

बाबाले यसरी सपना देख्दा देख्दै
सुमधुर भाकामा लोरी गाउँदा गाउँदै
छोरो अचानक बिउँझियो र रुन थाल्यो-

म के बनूँ बाबा ? म अब के बनूँ ?
म यति धेरै केही पनि बन्न सक्दिनँ ।
डाक्टर, पाइलट, नेता वा व्यापारी
यी त अरू नै बनि सके !
म उनीहरुभन्दा फरक केही बन्न चाहन्छु !
म के बनूँ ?
म अरु नै सम्भावनाहरू खोज्न चाहन्छु ।
म आफ्नै सपनामा बाँच्न चाहन्छु !
ताराबाजी लै लै ! … ताराबाजी लै लै !!

बाबा ! म अब उठेँ, … हिँडेँ !
अरु केही बन्न नसके पनि-
म मान्छे बन्न चाहन्छु ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
आमा !

आमा !

घनश्याम रेग्मी
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x