साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमिसन नगर

“भीरबाट हाम फाल्दै झर्न पो सजिलो रहेछ समथरमा हिँड्दा खुट्टा खाँदिने, उकालो चड्न फोक्सो फुल्ने ।” चट्याङ्ले पनि लाचार रूप देखायो ।

Nepal Telecom ad

ढाकामोहन बराल :

झलमल्ल बत्ति बलेका छ्न् । चोक उज्यालो छ । आउने जाने मानिसहरू आफ्नो गन्तव्य भुलेर यतै रमाएका छ्न् । थरिथरिका गीतका आवाज वातावरण गुन्जायमान भएको छ । वातावरण रंगिन छ । मान्छेहरू रोमान्टिक मूडमा छ्न् । नाच्दै आएका पनि यही ठाउँमा आएका छ्न् । घस्रिँदै आएका पनि यही चोकमा आइपुगेका छ्न् । कोही हिजो आए, कोही अस्ति आए कुनै भरखर आइपुगे । पहराबाट हामफालेको छहरा जस्तै टाढाको साइत गर्दै आएका पनि यतै रमाए ।

“कति रमाइलो र सुन्दर चोक रहेछ ।” लालमोहनले भन्यो । “अब कति हिँड्नु थकाइ लाग्यो । यतै बसौँ ।” मोडल डेमोक्र्याट्ले भन्यो । “हैन समाजवादसम्न पुग्न कति बाटो हिँड्नु पर्ला ?” पहराको छहरा जस्तै हतारिएको अर्को चट्याङ्ले सोध्यो ।
“ल हेर्नुहोस्, बाटो त्यही हो । त्यो सके पछि आउने हो ।” लालमोहनजीले भने । “देख्नु भयो कति टाढा छ । यतै बसौँ अब । हुन त म पनि उतै जान हिँडेको हुँ ।” मोडल डेमोक्र्याटले भन्यो ।

“हाम्रो यात्रा रोकिएको छैन त भन्नु पर्छ, तर सकिँदैन जान त ।” लालमोहनले भने ।
“भीरबाट हाम फाल्दै झर्न पो सजिलो रहेछ समथरमा हिड्दा खुट्टा खाँदिने, उकालो चड्न फोक्सो फूल्ने ।” चट्याङ्ले पनि लाचार रूप देखायो ।

उनीहरू सबै हात समाएर रङ्गिन नगर घुम्न थाले । यतै रमाउन थाले । नगरको बीचभागमा एउटा अग्लो स्तम्भ थियो, र जहाँ लेखिएको थियो “ सेन्टर पोइन्ट, कमिसन नगर ।”

०००
पोखरा -७, मासबार, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
अत्याधिक

अत्याधिक

ढाकामाेहन बराल
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x