तीन ठोक्तक
शीतको थोपा चाटी चाटी तिर्खा मेटिँदैन मृत्युपछि खोजी गरी कोही पनि भेटिँदैन गाली गर आशीष देऊ तिम्रो मनको कुरा धारे हात लगाएर ए हजुर ! घाँटी रेटिंदैन ।
रामकृष्ण काफ्ले :
१.
लङ्गुरबुर्जाको गोटीझै हल्लाएरै खसायौ
बोलायौ तब आएँ किन उठायौ, बसायौ ?
बेकाममा किन झुलायौ यसरी तिमीले
निर्विवेकी भई मलाई फसाउनु फसायौ ।
२.
शीतको थोपा चाटी चाटी तिर्खा मेटिँदैन
मृत्युपछि खोजी गरी कोही पनि भेटिँदैन
गाली गर आशीष देऊ तिम्रो मनको कुरा
धारे हात लगाएर ए हजुर ! घाँटी रेटिँदैन ।
३.
दूधै हाली धोए पनि सेता हुन्नन् कालाहरू
सागरमा मिलेपछि कहाँ हुन्छन् नालाहरू
सत्ता भन्नु शक्ति न हो मनचिन्ते झोलीजस्तो
कार्यकर्ता टाढा हुन्छन् नजिकिन्छन् वालाहरू ।
०००
काठमाडौं