साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

शीतको थोपा चाटी चाटी तिर्खा मेटिँदैन मृत्युपछि खोजी गरी कोही पनि भेटिँदैन गाली गर आशीष देऊ तिम्रो मनको कुरा धारे हात लगाएर ए हजुर ! घाँटी रेटिंदैन ।

Nepal Telecom ad

रामकृष्ण काफ्ले :

१.
लङ्गुरबुर्जाको गोटीझै हल्लाएरै खसायौ
बोलायौ तब आएँ किन उठायौ, बसायौ ?
बेकाममा किन झुलायौ यसरी तिमीले
निर्विवेकी भई मलाई फसाउनु फसायौ ।

२.
शीतको थोपा चाटी चाटी तिर्खा मेटिँदैन
मृत्युपछि खोजी गरी कोही पनि भेटिँदैन
गाली गर आशीष देऊ तिम्रो मनको कुरा
धारे हात लगाएर ए हजुर ! घाँटी रेटिँदैन ।

३.
दूधै हाली धोए पनि सेता हुन्नन् कालाहरू
सागरमा मिलेपछि कहाँ हुन्छन् नालाहरू
सत्ता भन्नु शक्ति न हो मनचिन्ते झोलीजस्तो
कार्यकर्ता टाढा हुन्छन् नजिकिन्छन् वालाहरू ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कठै हजुर !

कठै हजुर !

रामकृष्ण काफ्ले
सर्प लुकेको छ

सर्प लुकेको छ

रामकृष्ण काफ्ले
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x