साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्प लुकेको छ

बिरानो झै लाग्न थाले आफ्नै थात थलो पराई झै झम्टी झम्टी साथी भुकेको छ ।

Nepal Telecom ad

रामकृष्ण काफ्ले :

मन रम्छ कसोगरी देश दुखेको छ ।
पार्न खोज्छु शीर ठाडो फेरि झुकेको छ ।

गल्ती गर्ने अनेक छन् प्रवृत्ति र पात्र
मौका पर्दा पण्डित नै कतै चुकेको छ ।

फल लाग्ने आश गरी गरें गोडमेल
बेकार भो मलजल मुना सुकेको छ ।

श्रीखण्ड र धुपी कपुर जति रोपे पनि
बगैंचाका कुना काप्चा सर्प लुकेको छ ।

बिरानो झै लाग्न थाले आफ्नै थात थलो
पराई झै झम्टी झम्टी साथी भुकेको छ ।

०००
रचनाः २०६१ लक्ष्मी जयन्ति

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
कठै हजुर !

कठै हजुर !

रामकृष्ण काफ्ले
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x