साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला- २८)

होस् न्यायालय दर्विलो अझ उता छन् नीति निर्णायक । हाम्रो संसद शुद्ध होस् तर यता हून् योजना सार्थक । जो बस्दा पनि हुन्छ उच्च तहमा यो राष्ट्र हाँक्नेजन । सारा वृद्ध मुहारमा हितकरी आऊन् उज्याला दिन ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

जेठाबाको राष्ट्रिय चिन्तन

पाका नै कति छन् उता सदनमा थाम्दै सदा बाहुली ।
फेर्ने छाँट रहेन यो मुलुकको सम्भावना काँचुली ॥
आओ साथ युवा दिमाग झरिला नेतृत्वमा साहसी ।
गर्छौँ वृद्धहरू समर्थन यता लाएर राम्रो कसी ॥१४५॥

मुद्दा उठ्नु पर्‍यो तथा सदनमा पाकाहरूका हक ।
त्यस्तै कानुन चाहियो हित हुने सम्पूर्णमा सार्थक ॥
पाको होस् तर राष्ट्रचालक कला काँचो हुँदा भावना ।
हुन्नन् सार्थक खास लोक हितमा, यस्तै छ संभावना ॥१४६॥

सारा वृद्ध प्रबुद्ध हुन् मुलुकका छन् दूरदर्शी मन ।
भन्दै छौँ तर चुक्दछन् समयमा गल्दै गरेका तन ॥
पाका साथ युवा समागमनको निष्पक्ष माला उनौँ ।
पार्टीबाट अलग्गका युवकको खाँचो छ राम्रो चुनौँ ॥१४७॥

जस्तो कार्य गरे बुढा मगजले अध्याय पूरा भयो
बढ्दै छौ झरिला युवा मगजका सम्भाव्य तिम्रो रह्यो ॥
दोषारोपण मात्र आज नगरौँ खोजौँ कुराको चुरो ।
पैसाका व्यवहारले मुलुकको झुक्दै गयो टाकुरो। ।१४८॥

होस् न्यायालय दर्विलो अझ उता छन् नीति निर्णायक ।
हाम्रो संसद शुद्ध होस् तर यता हून् योजना सार्थक ।
जो बस्दा पनि हुन्छ उच्च तहमा यो राष्ट्र हाँक्नेजन ।
सारा वृद्ध मुहारमा हितकरी आऊन् उज्याला दिन ॥१४९॥

क्रमशः

०००
२०८०/५/३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x