साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुर्लुङ

कतिको अर्थतन्त्र कोरोनाले उकालो लाग्यो,कति तन्नोहरम भए । हाम्रो पुस्ता रोजगारीबाट बाँचेको भाग्यमानी पुस्ता । ज्यान टाढा राखे पनि मन टाढा नराख्न सन्देश दियो कोरोनाले ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

मुखमा फुर्लुङ लगाएका तुर्लुङ गाउँका सुर्लुङ काजी बाग्लुङमा भेटिए । मलाई देख्न साथ दायाँ जाऊँ कि बायाँ जाऊँ उकालो हानौँ कि ओरालो खाँदिउँ गर्दै दच्किन खोजे । गनेर ल्याउँदा टाउकोमा दस ओटा केश भएका उनको फेस भने छिमेकीको काँक्रो चोरेको रक्षदलको नातिको जस्तै थियो ।

ए ! बुढा के भो ? मैले डिलमाथि बाट प्रश्न सोझ्याएँ । को रोना, को रोना । उनको जवाफ यति नै थियो । म माकुरोले ध्वाँसीमा लगाएको जालोमा पसेको झिङ्गा झैँ भएँ । नेपाली भाषा शुद्ध उच्चारण नगरे नाकको डाँडी भाँचिने गरि हात छोड्ने नभए जिभ्रो थुत्न हात लम्काउने सुर्लुङ काजीले हिन्दी भाषा फड्कालेको सुनेर मैले आफैंलाई चिमोटे । विपना नै रहेछ । भौँतारिदै थिएँ बाटोमा ठोकिन आइपुग्यो आफ्नै दौतरी स्वाङबहादुर । भ्वाङ परेको गोजीमा ल्वाङ हालेर उकालो लम्कदै गरेको स्वाङ पार्ने मेरो दौतरीको पनि मुखमा फुर्लुङ नै थियो । मलाई देखेर ऊ झस्क्यो । ऊ भाग्ने दाउमा थियो । म पनि के कम लघार्न खोजेँ । पर पुगेर रोकियो । के भो भनेर सोध्न नपाउँदै फुर्लुङ किन नलगाको भनेर ऊ मसँग झोकियो । पशुले लगाउने फुर्लुङ लगाएर म केको चटक देखाउँ भन्दै ऊसँग जङ्गिएँ । उसको बेलिबिस्तार पछि म बिचरो ठहरिएँ ।

बिहानै बुढीले भन्दै थिई, “घरबाट हिडे खुट्टा भाँच्छु ।” मर्दले नामर्दको कुरा के सुन्नु भनेर मनमौजी गरियो । बाहिर संसारै अर्को भैसकेछ म किन अनविज्ञ भएछु थाहा पाउनै सकिन । घरमा टेलिभिजन भित्र्याउने चर्चामा रेडियोमा ब्याट्री सकिएर बन्द भएको पन्ध्र दिन भैसकेको थियो । चर्चा चर्चा मात्रै थियो । सञ्चारका साधन ठप्पै थिए घरभित्र । मान्छेहरू सहरमा बस्न नसकेर पैदल नै गाउँ फिरेको समाचारबाट सुन्न छुटाउने म कस्तो गोक्ते । हातमा टोपी बोकेर स्याँस्याँ गर्दै घारी नै घारी आफ्नो गाउँ टारी पुगेर लामो सास फेरेका दारी बा हुन् या छिनेको चप्पल बारीमा फ्यालेर पालीमा सुतेका पानबहादुर सबै कोरोनाको सन्त्रासले गाउँ छिरेका पात्रहरू नै हुन् । कोही बाध्यतालाई बहाना बनाएर स्वार्थको मुरली बजाइरहेका त कोही त्रासको ढ्याङ्ग्रो ठोकिरहेका । औषधालय फुर्लुङको कालोबजारी गर्ने, व्यापारीहरू खाद्यान्नको कालोबजारी गर्ने ,सर्वसाधारणहरू बेरोजगारीले गर्दा रोजीरोटी सेक्न नपाएपछि भोकभोकै बाँच्न नसकेर गाउँ फर्के कति निर्धाहरू । कोरोनाको उखुममा निस्सासिएर बाँच्नलाई धौधौ परेर मुख बाइरहेका । जनताको भोक देख्ने कसले ? जनताको आँसु पुछ्ने कसले ? सारा समस्याको गाँठो फुकाइदिने को ? संसार चिन्न नसकेर कुवाको भ्यागुतो बनेको छु म बबुरो । सामान्य चेतना हराएको हो वा बेवास्ताले दुःखमा डुब्नु परेको पत्तो लगाउन मुस्किल परिरहेछ ।

कतिको अर्थतन्त्र कोरोनाले उकालो लाग्यो,कति तन्नोहरम भए । हाम्रो पुस्ता रोजगारीबाट बाँचेको भाग्यमानी पुस्ता । ज्यान टाढा राखे पनि मन टाढा नराख्न सन्देश दियो कोरोनाले । अनुशासनमा बस्दा र सक्रिय जीवन बाँच्दा कोरोनाको बाह्र हातको टाँगोले पनि छुन सक्ने रहेनछ । अब भयमा हैन निर्भयमा बाँच्न सिकौँ । अबको कोरोना बेरोजगारी, बलात्कार, हिंसा, हत्या, महँगी भएकाले एकजुट भएर त्यसलाई ताछेर फालौँ । भय हैन निर्भय भएर बाचौँ । धुलो, धुँवाबाट बच्न फुर्लुङ लगनाउने बानीको विकास गरौँ । लाज पचाउन र इज्जत बचाउ पनि फुर्लुङले काम गर्छ नि । खल्तीमा पैसा नबोके नि फुर्लुङ बोक्ने कि ।

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x