साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाटकै नाटक

छ कतैतिर जोकरको बखडा घरको शिर मालिक बन्न बडा जब दर्शकमा स्वर गुन्गुन भो पटमा उपनाटक मन्थन भो ॥

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

कति हो कति नाटक देख्नु पर्‍यो
खल पात्र हिरोसँग साट्नु पर्‍यो
मुटु वक्ष थिची दुख खप्नु पर्‍यो
घरका परका पिर थप्नु पर्‍यो ॥

घरको झगडा परको छ कथा
असमर्थ छलीसँगको छ कथा
सब दर्पणमा पट खिप्नु पर्‍यो
र यथार्थ मिलाउन सिक्नु पर्‍यो ॥

छ कतैतिर जोकरको बखडा
घरको शिर मालिक बन्न बडा
जब दर्शकमा स्वर गुन्गुन भो
पटमा उपनाटक मन्थन भो ॥

पर हेर्दछ शत्रु बसी रमिता
पटमा खल सार्छ यता र उता
तब बन्न सकेन कुनै कविता
कसरी प्रिय बन्दछ लौ भविता ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x