साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही असहमति केही सहमति

Nepal Telecom ad

तिमीले अभाव र गरिबीभित्र छिर्नु हुँदैनथ्यो,
दुःख र पीडामा डुबेकालाई थप पिर्नु हुँदैनथ्यो ।
चिचिला, कोपिला र फूलहरूलाई हर्नु हुँदैनथ्यो
ठाउँ न कुठाउँ यस्तो उत्पात् गर्नु हुँदैनथ्यो ।
धर्मात्मी ज्यानहरूलाई अधकल्चो पार्नु हुँदैनथ्यो
राक्षस मनोवृत्तिलाई छाडनु हुँदैनथ्यो ।
यही हो,
तिमीप्रति मेरो नियमापत्ति !
तिमीप्रति मेरो आपत्ति !
ऐतिहासिकतालाई ढाल्नु हुँदैनथ्यो,
निर्दोष झुपडीहरूलाई अचानोमा पार्नु हुँदैनथ्यो,
साझा र चोखो सम्पत्ति मार्नु हुँदैनथ्यो
पापी र अधर्मी संरचनालाई छाड्नु हुँदैनथ्यो ।
यही हो
तिमीप्रति मेरो आपत्ति !
तिमीप्रति मेरो नियमापत्ति !
आँखा र नाकका लम्बे कुरा गर्नेहरूलाई
रङ र धर्ममा राजनीतिको बीज छर्नेहरूलाई
मानवताको पाठ पढायौ
धन्धुकारी आवाजलाई लडायौ
स्वार्थको दलदलमा भासिएको संविधान
हिँडने मार्ग बनायौ !
फाटेका मनहरू जोडेका छौ
दुःखमा पनि आशाका किरण छोडेका छौँ ।
अघोगति भित्रको यो प्रगति
यसमा मेरो सहमति !
रचनाकाल– २६ जेठ, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x