साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक छिन ल !

Nepal Telecom ad

मन्दिरमा होस् कि मार्गमा
पार्टीमा होस् कि पार्कमा
दाइ एक छिन ल
हाम्रो फोटो खिचिदिनुस् न
तरुनी मसक्क मस्किए
अली अली म पनि जिस्किएँ
मोबाईल क्यामरा किचिक्क
तरुनीको फोटो खिचिक्क ।

सुरु सुरु हिंडेको बेला
अङ्कल एक छिन ल
कल्ले बोलायो भन्दा त
मोबाईल थमाउँदै
एउटा ठिटो बोल्यो प्याच्च
के गर्ने खिचिदिएँ ख्याच्च ख्याच्च ।

आफूलाई कामको हतारो
गाडी नपाएर अर्को चटारो
दाइ एक छिन ल
फेरि अर्की तरुनीले
ट्याबलेट थमाउँदै मस्की
ठिटोसँग रहिछ लजाउँदै झस्की
ट्याबलेटको क्यामरा क्याच्च क्याच्च
युगलको फोटो खिचियो ख्याच्च ख्याच्च ।

मन्दिर छिर्नै लाग्दा
एउटीले भनी
भाइ एकछिन ल
मेरो हात सनासोले झैै समाई
हातमा नोटप्याड थमाई
श्रीमती ठ्याक्कै अर्ना जस्ती
श्रीमान् सुकेको धाइरो जस्तो
राम मिलाए जोडी कस्तो
खिच्नै पर्यो
क्यामरा पारियो क्याच्च क्याच्च
स्माइल !
खिचियो फोटो ख्याच्च ख्याच्च ।

ठुला, बडा, कलाकार भेटियो
सबै फोटो खिच्न ब्यस्त
म पनि हुनु पर्यो नि है भन्दै
कोही सेल्फी खिच्न मस्त
कोही फोटै खिच्न मन्चमा ठोसिने
मेरो पनि ल भन्दै
क्यामरा थमाउँदै फोटो खिचाउन जोसिने
फोटो खिच्यो कि
कोही फोटो फेसबुकमा ठेस्या छ
कोही ट्वीटरमा भेटीया छ
जे भए पनि मोबाइल र नेटले
सबको रहर मेटिया छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x