साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाता र नेता

Nepal Telecom ad

उहाँका नातेदार नेता हुनै पर्दैन
कुन नेता छ देशमा जो उहाँको नाता पर्दैन ?

नेता त बन्नुहोस्, उहाँको नातेदारमा परिहालिन्छ
नेतानै नबनी उहाँको नातेदार त्यसै बनिन्छ ?

आधा नेता त उहाँका आफ्नै साला छन्
त्यसभित्र चार जात छत्तिस बर्ण सबै सालाखाला छन्
मैले सोधें– तपाइँले बिहे गरेको त एउटै होइन र ?
उहाँले भन्नु भयो– बिहे गरेको पो एउटै हो, नगरेको हुँदैन र ?

आधा नेताका उहाँका आफ्नै भिनाजु हुनुहुन्छ
“उहाँ मेरो भिनाजु”– भेटमा नेता देखाउँदै अरुलाई चिनाउनुहुन्छ
मैले सोधें– तपाइँकी दिदी त एउटै होइन र ?
उहाँले भन्नु भयो– आफ्नै पो एउटी हो, पर्ने हुँदैन र ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x