साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारलाई पिर पर्या छ

Nepal Telecom ad

एउटालाई पार्टीमा छिरायो
पछि पछि लगाई हिँडायो
कुखराको दानादेखि
चन्दनको चाना समेत खान्छ
चप्पल लगाई आको हुन्छ
गाडी चढी जान्छ
गरिबी निबारण पार्टीले गर्नु गर्या छ
तर गरिबी झन बढ्दा
तपाईलाई के थाह
सरकारलाई कम्ती पिर पर्या छ ?

गरीबी निबारण गर्ने भनी
सानो ब्यवसाय गर्ने भनी
सरकारी दाम ढुकुटीबाट दिन्छ
त्यो लानेले काम नगरी
छोरालाई मोटर साइकल किन्छ
मान्छे भन्दा धेरै राहत दिँदा
पाको छैन भन्छ
एउटालाई धनी बनायो
अर्को झन गरिब बन्छ
सात सालदेखि सरकारले
गरिबको लागि गर्या छ गर्या छ
तर जति गरे पनि उस्तै
सरकारै छक्क पर्या छ ।

एक हुल कांग्रेसमा छिरे
धनी भए
अर्को हुल पनि एमालेमा छिरे
ती पनि धनी भए
बाँकी हुल मावोमा छिरे
ती झन धेरै धनी भए
एकातिर मान्छे
त्यत्ति नै धनी भाका छन्
अर्कोतिर मान्छे
उत्तिकै गरिब भाका छन्
नेपालमा के कतै
धनी खस्ने ढ्वाङ छ कि
के यो देशमा कतै
गरिब पस्ने भ्वाङ छ कि
सरकारले त गरिबीलाई
काम ग¥या छ गर्या छ
तर समस्या ज्यूँ का त्यूँ
सरकारलाई पर्नु पिर पर्या छ ।

भन्छन् धन फलाउन
दिनहुँ जहाजहरूले
हजारौंलाई डाँडा कटाउँछन्
सुनिन्छ घर चलाउन
लाखौंले करोडौ दाम पठाउँछन्
अभैm लाखौले
बस्ने बास पाको छैन भन्छ
खडेरीले गर्दा
हजारौँले केही खाको छैन भन्छ
सरकारले गरिबी निवारणको लागि
काम गर्या  छ गर्या छ
गरिबी जस्ताको तस्तै
सरकारलाई पर्नु पिर पर्या छ ।
दाङ हाल– काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x