सुलसुलेसाहित्य सन्ध्याको ३५० औँ शृङ्खला
लामो समयदेखि नियमित सञ्चालन हुँदै आएको साहित्यसन्ध्याको ३५० औँ शृङ्खला ‘युवा पलायन समस्या र सम्भावना’को चर्चा र कवि गोष्ठीसँगै असार ५ गते शनिवार सम्पन्न भयो ।
सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र रमेश पोखरेलको सञ्चालनमा सम्पन्न गोष्ठीमा प्रमुख अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका पूर्व माननीय सदस्य प्रा.डा.भीमप्रसाद न्यौपाने उपस्थित हुनु हुन्थ्यो भने अतिथिहरूमा प्रा.डा.प्रभा हमाल, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ एवम् वरिष्ठ कवि पूर्ण विराम, वरिष्ठ साहित्यकारहरू रामप्रसाद प्रदीप, रामबहादुर पहाडी, उमेश उपाध्याय, जन गायक रामकृष्ण दुवाल, अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरे, कवि सरस्वती चिमौरिया, जन साहित्यिक मञ्च, नेपालका महासचिव विनोद मञ्जन उपस्थित हुनु हुन्थ्यो ।
अर्थविद् प्रा.डा.भीमप्रसाद न्यौपानेले ‘युवा पलायन समस्या र सम्भावना’ विषयमा बहसको थालनी गर्नु हुँदै प्रवचनात्मक अभिव्यक्ति दिनुभएको थियो ।
गोष्ठीमा कविहरू प्रेमराज सिलवाल, जी.बी आचार्य, मोहनमणि पोखरेल, पूर्ण विराम, अतीन्द्र दाहाल, नर्मदेश्वरी सत्याल, प्रेम ओली, टीका ढुङ्गाना, रामबहादुर पहाडी, रामप्रसाद प्रदीप, गोपाल नेपाल, ओमप्रसाद कोइराला, मुकुन्दप्रसाद न्यौपाने, डम्बर पहाडी, रमेश गौतम पाल्पाली, स्मिता, गोपाल मैनाली, लीलाराज दाहाल, नारायण निराशी, डम्बरध्वज लिम्बू, इन्द्रजित शर्मा चौलागाईँ, कल्पना काफ्ले, केशव निश्चल काफ्ले, अभ्यस्त यात्री, निशान निष्कर्ष, ऋचा, देवकी के.सी., नानीमैया अधिकारी, रामचन्द्र खतिवडा, उमेश उपाध्याय, सरस्वती चिमौरिया, उर्मिला पन्त पाण्डेय, यदुनाथ वसन्तपुरे, इन्दु अंशु, रामकृष्ण दुवाल, सुदेश सत्याल, गोविन्दप्रसाद आचार्य र थरेन्द्र बरालले आआफ्ना कविता, गीत, गजल, कथा प्रस्तुत गर्नु भयो ।
वाचित कवितामा टिप्पणी गर्नु हुँदै जन साहित्यिक मञ्च, नेपालका महासचिव एवम् समालोचक विनोद मञ्जनले हरेक कुराको नियम हुन्छ र कविताको पनि हुन्छ भन्नु भयो । ‘मानवीकरण गर्ने, विचार सम्प्रेषण गर्ने कार्यलाई कविले जति सुन्दर पार्यो त्यति नै कविता पनि सुुन्दर हुन्छ र उत्कृष्ट कविताले कविको व्यक्तित्व पनि उठाइ दिन्छ । वास्तवमा कविता लेख्न सजिलो पनि छ र गारो पनि छ । कविले कहाँ, कसरी र कुन विषयमा लेख्ने भनेर सोच्नु पर्छ र लेखेपछि आफ्नो सिर्जनालाई विवरणात्मक होइन विम्बात्मक र विशिष्ट पार्न सक्नु पर्छ ।’ मञ्जनको कथन थियो ।
गोष्ठीको समापन गर्दै ओ कध्यक्ष राम विनयले साहित्य सन्ध्या सामाजिक सांस्कृतिक रूपान्तरणको सशक्त अभियान चलाइ रहेको संस्था भएकाले यसले समग्र प्रगतिशील साहित्यको अध्ययन र उत्थानको पाटोलाई कुनै न कुनै कोणबाट विश्लेषण गर्ने कार्य गर्दछ भन्नु भयो ।
–रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































