साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सित्तैँमा पढ्नुहोस्

Nepal Telecom ad

आउनुहोस् हजुर आउनुहोस्
मुखै नधोएको भए पनि
यसो नजर लाउनुहोस्
ताजा पत्रिका ल्याको छु
भर्खर पोको खोल्न भ्याको छु
मजा लिई लिई पढ्नुहोस्
बस्ने ठाउँ छैन भने
उभ्भी उभ्भी पढ्नुहोस्
खुट्टा दुखे भने
घुमी घुमी पढ्नुहोस्
भँगेराले चारो खाको जस्तो
झुम्मी झुम्मी पढ्नुहोस् ।

दैनिकी पढ्नुहोस्
साप्ताहिक पढ्नुहोस्
फुर्सद छ भने त
मासिक पनि पढ्नुहोस्
समाचार मात्र कति पढ्ने
फेसन पेजतिर बढ्नुहोस्
आज क्याटरिनाको अर्धनग्न फोटो छ
साकिराको झन पूर्ण कदमै छ
सन्नीको झन सनसनी पूर्ण छ
कति पत्रिका त
घरमा लान पनि गाह्रो होला
मन परेको छ भने
यतै मन अघाउन्जेल पढनुहोस्
कतै जागिरको वान्टेड छ कि
कतै लोक सेवाको सूचना छ कि
निर्धक्कसँग पढ्नुहोस्
पढेको पैसे लिने छैन म
सित्तैमा पढ्नुहोस् ।

बिच्छाएको पढ्नुहोस्
झुन्डाएको पढनुहोस्
तानी तानी पढ्नुहोस्
छानी छानी पढ्नुहोस्
थुपारेको पढ्नुहोस्
फर्काउनलाई उबारेको पढ्नुहोस्
जसरी हुन्छ पढ्नुहोस्
कसरी हुन्छ अगाडि बढ्नुहोस् ।

सकिन्छ भने
मेरो पसलबाट
दुईचार किलो आलु लानु होला
नभए एक दुई किलो
पिँडालु लानु होला
भएन भने
दुई चार खिल्ली
चुरोट किनिदिनु होला
त्यो पनि सकिएन भने
सिँत्तैमा पत्रिका पढ्ने
गोफ्ले दाइको पत्रिका पसल
भनेर चिनिदिनु होला ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x