साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खस्पताल

Nepal Telecom ad

यदि तपाईं
गाडीमा चढ्नु भो
र भिरबाट लड्नु भो
यदि तपाईं
बसमा बस्नु भो
र खस्नु भो
तर पनि मर्नु भएन भने
सिधै हाम्रो खस्पतलमा आउनुहोस्
भए डक्टर नभए नर्स
त्यो पनि नभए
पियनबाट भए पनि
चौबिसै घण्टा सेवा पाउनुहोस् ।

यता डाक्टरको नाममा
यमदूत पनि हाजिर छन्
कोही काम नपाएर
त्यसै फाजिल छन्
एउटालाई भनेको सुइ
अर्कोले लाउनुहोस्
गानो झरेको भए
आनोको दबाइ खानुहोस्
यमराज नै लिन आउलान्
सिधै स्वर्गमा जानुहोस् ।

यदि तपाईं हृस्टपुस्ट हुनुहुन्छ
पैसोले तन्दुरुस्त हुनुहुन्छ भने
टाउको दुखेको भए पनि
हाम्रो खस्पातलमा आउनुहोस्
राम्री राम्री यमदूतिका पनि छन्
राम्रै सेवा पाउनुहोस्
नरम नरम हातले
गरम गरम पानीसित
औषधी खुवाउँछन्
एक्सरे, सिटिस्क्यान
अनेक मेसिनले छुवाछन्
तपाईं गधा नै भए पनि
भैंसीलाई झै दुवाछन्
तपाईं त हाँसी हाँसी मर्नु हुन्छ
यदि मर्नु भएन भने पनि
बिल देखाएपछि भने
पक्का ठहरै पर्नु हुन्छ ।

अम्बा जस्तै पाकेको भए पनि
जीवन देखि थाकेको भए पनि
मर्नतिर लागेको भए पनि
हाम्रो खस्पातलमा आउनुहोला
टाउको दुख्यो मात्र भन्नु होला
तपाईंलाई बेहोस बनाएर
तपाईंका किड्नी गायब पारिन्छ
तपाईले बर्षौ पछि थाह पाए
हामीले चोरेको कसरी ठरिन्छ
आउनुहोस्
हाम्रा यमदूतिकाहरूले पनि
घुँडाको सुइ गोडामा लाउनुहुन्छ
अभागी भए बाँच्नु हुन्छ
भाग्यमानी भए
सिधै स्वर्गमा बास पाउनुहुन्छ ।

तन कम्जोर भए पनि
मन कम्जोर भए पनि पाल्नुहोस्
तर धन कमजोर भएकाले
हाम्रो खस्पतालमा खुट्टै नहाल्नुहोस्
यहाँ नयाँ नयाँ यमदूतबाट
शल्यकृया गराइन्छ
अभागी भए तपाईको ज्यान जोगियो
भाग्यशाली भए
तपाईंलाई सिधै स्वर्ग पठाएर
काजकृया समेत गराइन्छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x