साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता भएन

Nepal Telecom ad

भोकै लाग्न छोड्यो गासको चिन्तै भएन
नयाँ घरै भत्कियो बासको चिन्तै भएन ।

मन्दिरमा नागा वस्त्र बिहीन सादु बाबा
यस्तो लाग्छ अब कपासको चिन्तै भएन ।

शरण पनि परेकै छ जीउ पनि गरेकै छ
भाग्नै परे आखिर प्रबासको चिन्तै भएन ।

दुईदिन जागीर खाएर पेन्सन आउँछ भने
सन्त कर्मचारीलाई अवकासको चिन्तै भएन ।

किन भौंतारिनु मृग झैं बासनाको खोजीमा
आँगनमै ढल बग्छ सुवासको चिन्तै भएन ।

काम किन चाहियो हजुरलाई नामै काफी छ
यो अँध्यारो देशमा प्रकाशको चिन्तै भएन ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x