साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरदेखि सावधान !

Nepal Telecom ad

कमरेड पनि आजकाल
कुकुर पाल्न थाल्नुभएको छ ।
आफूले खाने प्लेटमा
कुकुरले चाटीचुटी पारेर खाएको देख्दा
मातृवात्सल्य उम्लिएर आउँछ
कमरेड पत्नीको हृदयमा
र, आवेगमा च्वाप्प म्वाइ खानुहुन्छ
खुवाइदिनुहुन्छ
नुहाइदिनुहुन्छ
खुप स्याहार गर्नुहुन्छ ।
बरु, कमरेडपत्नीलाई
दिक्क लाग्न थालेको छ आजकाल
घरमा आइरहने मान्छेदेखि
भन्नुहुन्छ व्यङ्ग्य गरेर पतिलाई
‘कति आउँछन् हो तपाईका प्यारा मान्छेहरू !
कहिल्यै शान्तिले बस्न पाइँदैन ।’
कमरेडकी छोरी पनि
असाध्यै प्रेम गर्न थाल्नुभएको छ
कुकुरलाई आजकाल
बढ्दै गएकी छोरीले
कुकुरलाई प्रेमपूर्वक मुसारेको देख्दा
कमरेड लामो सास तान्नुहुन्छ
र, मनमनै बात मार्नुहुन्छ
‘छोरी ! निर्धनसँगको संगतभन्दा
धेरै सजिलो छ जनावरसँगको प्रेम !’
कमरेडको छोरो बिहानै उठेर
कुकुरलाई डोर्याउँदै,
सार्वजनिक स्थलमा सौच गराउँदै
जब ’मर्निङवाक’ जानुहुन्छ
कमरेड आनन्दले मुस्कुराउनुहुन्छ
र, मनमनै बात मार्नुहुन्छ
’छोरा ! खोला किनाराका सुकुम्बासी बस्ती
प्रेम गर्न होइन
सौच गर्नमात्रै योग्य छ ।’
कमरेडले आफ्नो यौवनकालभरी
सिक्नुभयो जीवनदर्शन जर्मनीका माक्र्सबाट
जीवनको उत्तरार्धतिर उहाँलाई लाग्यो–
अब धान्दैन माक्र्सको दर्शनले
अनि ल्याउनुभएको हो
माक्र्सकै देशबाट कुकुर
र, श्रद्धाले दिनुभएको हो माक्र्सकै नाम ।
माक्र्सले ठेलीका ठेली किताब लेखेर पनि
सिकाउन नसकेको दर्शन
कुकुरले नै सिकाएको हो कमरेडलाई
र, नै चल्तापुर्जा हुनुहुन्छ उहाँ आजकाल ।
उसैबाट जान्नुभएको हो उहाँले
आफ्नो खातिरदारी नगर्नेलाई
जोड–जोडले भुक्न
टोक्न(चिथोर्न
छिर्नै नदिन घरभित्र,
उसैले सिकाएको हो उहाँलाई
आफ्नो मनोकाङ्क्षा पूरा गरिदिनेको पैताला
बडो मनोयोगले चाट्न ।
उहाँलाई आजकाल
आफूसँगै हिडेका मान्छे
आफैंले बनाएका कार्यकर्ता
आफ्नै कमरेड
कसैप्रति पनि छैन विश्वास
उहाँलाई लाग्छ–
फिटिक्कै छैनन् बफादार यिनीहरू !
खासमा, उहाँलाई आजकाल
आफूलाई कमरेड भनेको पनि मन पर्दैन
र, टाढिदै जानुभएको छ कमरेडहरूबाटै ।
उहाँ आजकाल
कुकुरसँगै खेल्नुहुन्छ
बात मार्नुहुन्छ
सँगै खानुहुन्छ
सुत्नुहुन्छ
र, लेखाएर टाँस्नुभएको छ ढोकामा–
कुकुरदेखि सावधान !
शुक्रबार (३१ असार, २०७२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x