साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जग खनिरहेको मान्छे

Nepal Telecom ad

म भन्दिनँ–
प्रधानमन्त्री, ढुङ्गा बोक्न आऊ !
राष्ट्रपति, माटो मुछ्न आऊ !
मन्त्रीहरू, काठ चिर्न आओ !
सभासद्हरू, गारो लाउन आओ !
नेताहरू, तजबिज मिलाउन आओ !
मेरो घर बनाउन
यो देशका ठूला मान्छे कसैलाई गुहार्दिनँ म
न गुहार्छु भारत, चीन र अमेरिकालाई
म आफ्नो घर बनाउन जग खनिरहेको छु
मसँग धरहरा बनाउन गुहार नमाग
किन मान्दैनौ तिमी
मेरो घर सबैभन्दा प्राचीन सम्पदा हो
मेरा पुर्खाका हजारौँ वर्षका
दुखका गाथा
खुन, पसिना र आँशुका कथा
र संघर्षको इतिहास कुँदिएका छन्
यी एक–एक ढुङ्गामा
मेरो दुखको विरासतभन्दा
कति पुरानो हो तिम्रो धरहरा ?
देशको सान धरोहर हो कि
मान्छे ?
देशको शृंगार टुँडाल हो कि
मान्छेको मुस्कान ?
देशको अभिमान मूर्ति हो कि
जिउँदोजाग्दो मान्छे ?
देशको सर्वस्व गजुर हो कि
मान्छेको शिर ?
देशको सम्पदा तेलिया इँट हो कि
धुस्रो मान्छे ?
म आफ्नो घर बनाउन जग खनिरहेको छु
मसँग धरहरा बनाउन गुहार नमाग
मलाई बनाउनु छैन मिनार
देखाउनु छैन तुजुक
म आफ्नै दुखका सिँढीहरू चढेर
पुग्नेछु उचाइमा
म आफ्नै वेदनाको बार्दली चढेर
नियाल्नेछु संसारलाई ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमीसँग के छ ?

तिमीसँग के छ ?

विनोदविक्रम केसी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x