साइबर अपराध सम्बन्धी सचेतना सामग्री

योग्यता

Nepal Telecom ad

जो तल्लो घर धाउँदैन,
जुम्ल्याहा हात लाउँदैन
ज्यान धनुष्टङ्कार बनाउँदैन
उसमा माननीय र सम्माननीयको योग्यता छैन ।
जो पश्चिमतिर धाउँदैन,
घरभित्रको पोल सुनाउँदैन
उसले डलर पाउँदैन
बुझ्नुहोस्, रक्षक हुने योग्यता छैन ।
जो कर छल्दैन, मिसावट गर्दैन
धुत्न पाऊँ भनी जुलुस निकाल्दैन
ऊ शुद्ध व्यापारी नै होइन ।
जसले क्याम्पस फोड्न जान्दैन,
गुरुलाई ढल्ने गरी हान्दैन
खुँडा खुकरी बोकी शिक्षालय जान मान्दैन
प्रेमीरप्रेमिका खोसिँदा पुस्तकालय पोल्नु कर्तव्य ठान्दैन
उसमा शिष्य हुने कुनै लक्षण नै छैन ।
जो काम चोर्न जान्दैन,
टेबलमाथि र मुनिबाट तान्दैन
चारतारे र हँसियाहतौडे दरबार धाउँदैन
ग्रीनकार्ड र पीआर छैन
पाऊँ भनी निवेदन पनि हाल्दैन
विदेशी संस्थासंस्था धाउँदैन
ऊ राष्ट्रसेवक हुने छनक नै छैन ।
चर्का कुरा नगरी जो बस्दैन,
दिउँसो बानेश्वर र खुल्लामञ्च
राति लैनचोर पस्दैन
ऊ क्रान्तिकारी नै होइन ।
अरु बेला गाँड कोराकोर गरिरहने
अनुकुलतामा सत्ताको घाँसे मैदानमा चरिरहने
सत्ता चटपछि अधिकारका बात मारिरहने
क्षेत्रीयता र बिखन्डनताका अण्डा पारिरहने
पदीय सौदाबाजीमा आफूलाई ढालिरहने
यसो गर्न जो जान्दैन, जाने पनि मान्दैन
ऊ क्षेत्रीय नेता नै होइन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x