साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटपटे पानीपुरी

Nepal Telecom ad

घर फर्किने बेला
छोरीले भनी
आइसक्रिम खान्छु
मम खान्छु
त्यो पनि हुँदैन भने पछि भनी
चटपटे खान्छु ।

नजिकै चटपटे भाइले चटपट बेच्दैथ्यो
कहिले आँखा कहिले खैनी मिच्दैथ्यो
घरी तल घरी माथि हात बनाउँछ
ठाउँ कुठाउमा कनाउँछ
सुर्ती पनि बनाउँछ
ठ्याक्क ठुक्क हात पार्छ
फाक्क फुक्क गर्छ
चुन दलेर सूर्ती माड्छ
घरी सूर्ति थुक्दै प्याच्च पार्छ
घरी टाउकाको जुम्रो टिपेर
हातमा क्याच्च मार्छ
त्यही हात नधोएर
आलुको बोक्रा छोल्छ
त्यही हात टकटकाउँदै
चटपटे पनि मोल्छ
घरी पिसाव फेर्न
झाडीतिर हिँड्छ
फेरि फर्केर उही काममा भिड्छ
छोरी भन्छे
म त यो चटपटे कहिलै खाँदैन
मम्मीले पनि मगाको
अब घर पनि लाँदै लादैन ।

फेरि पनि
कहिले यता कनाउँछ
कहिले उता कनाउँछ
मान्छे पनि
अमिलो अमिलो गन्हाउँछ
कान कोट्याछ, नाक कोट्याछ
घरी त्यही हातले कहाँ कोट्याछ
मैले भनेँ
भाइ सधैं नुहाउनु नि
चटपटे पनि
पन्जा लाएर बनाउनु नि
उसले भन्यो
के कर्ने हजुर
म त नुहाउने काम
सधैं सबेर गरी हाल्छ
तर नुहाउने बेला पानी
चली हाल्छ
म भन्दा पनि साथी बहुत फोहर छ
उसैको टाउकोबाट त जुम्रा झरी हाल्छ
मारेन भने त हजुर, यो जुम्रा ?
सिधै चटपटेमा परि हाल्छ
नानी भेजेटेरियन त होइन नि ?
नत्र के भो र हजुर
यसले त मसलाको रुपमा कमाल गरी हाल्छ ।

मैले छोरीलाई भनेँ
पानी पुरी खाने कि चटपटे
उसले भनी
चट्पटे पनि खाँदैन
पानी पुरी पनि खाँदैन
अबदेखि यस्तो चिज
घरमा पनि लाँदै लाँदैन ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x