प्रेम ओली ढकलपुरेओइ चन्द्रमा
ओइ चन्द्रमा
के गरेकी तिमीले यस्तो
कहिले बादलुको कपाल
जङरङ्ग फिज्ने
कहिले बादलभित्र लुकेर
झिलिक्क मिलिक्क पार्दै
मेरो फोटो खिच्ने ?
अल्लारे ठिटी जस्तो
कहिले बत्तिसै दन्त देखाएर
मुसुक्क मुस्काउने
कहिले बाघ झैं गर्जेर
झसक्क झस्काउने
कहिले बादल भित्र लुकेर
मनै तर्साउने
कहिले दुलही जस्तै रोएर
आँसु वर्षाउने
तिम्रो स्वभाव पनि कस्तो
ठ्याक्कै घरकै प्रियसीको जस्तो ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































