साधुराम खड्कापालो तिम्रो पनि आउँछ…
मुहान त्यो सुखको पत्तो मानिसले पाउने भए
मुहानै सबै रित्याउँथे कुण्डै पनि सुकाउँथे
भ्रमको खेती व्यापक मौलाउने भए
झुठै झुठमा दुनियाँलाई घाममा सेकाउँथे
मायै मायामा सबैलाई खानै नपर्ने भए
खानेकुराको महत्व नै लिन लगाउँदैनथे
चोरेर सब चीज आत्मसन्तुष्टि हुने भए
कसैले पनि मन अरूलाई चोराउँदैनथे
संसारमा सबै कुरा आफैं जान्ने भए
स्कुल, कलेज गएर गुरूबालाई गुहार्दैनथे
भ्रम न हो यो दुनियाँ, सबले बुझेका भए
बूढा बाबुआमालाई पाटीको बास गराउँदैनथे
पालो तिम्रो पनि आउँछ भनी बुझेका भए
बृद्धाश्रमलाई शहर बाहिर पठाउँदैनथे !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































