साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म उपकुलपति हुनेछु

Nepal Telecom ad

बलजफ्ती पढेर करै करमा
तीन चोटी ब्याक पेपर लागेर
स्नातकोत्तर उत्तीर्ण भएछु
धन्य कापी जाँच्नेहरू
मैले आफैंले चित्त नबुझाएको बिषयमा पनि
उच्चतम अङ्क प्रदान गरी मलाई उम्काएछौ

क्लास त टेकेकै छैन
तर पनि नोट सार्ने निहुँमा एक दर्जन जति
साथी बनाइएछ
धन्य ती सच्चा मित्र जसले
चिट पास नगरेका भए
म आजसम्म लण्ठु हुनेथिएँ

कलेज नगएर पनि म व्यस्त थिएँ
पार्टी कार्यालयले मलाई जिम्मा दियो
सडकमा ढुङ्गा हान्ने र आन्दोलनमा मान्छे कुट्ने
लुट्ने चुट्ने र तह लगाउने
ठेक्का पट्टामा दादागिरी गरेर
पार्टीलाई धनी बनाउने

उमेर चढ्दै जाँदा झल्याँस्स भएछु
भोलिको मेरो भविष्य के होला
एउटा गतिलो ठाउँमा खुट्टा नटेके
न परिवारले पत्याउँछन् न छिमेकीले
पार्टी गुहारेँ र लुसुक्क विश्वविद्यालयमा छिरेँ
सहायक प्राध्यापक भएर

पार्टी कामले पढाउन गइएन बरु
काजमै पार्टीको काम गरियो
उपकुलपति आफ्नै पार्टीको भएकाले
कुनै रोकतोक बिना मस्ती गरियो
बरु सिनेट र कार्यकारी जस्तो शक्तिशाली ठाउँमा
जिम्मेवार सदस्य पड्काइयो

त्यसै कारण त नपढाए पनि
विद्यावारिधि नगरे पनि
आशिर्वादले प्राध्यापक बनियो
धन्य मेरा मूल्याङ्कनकर्ता
जसले शक्तिकै पूजा गरे
र मलाई त्यो उच्च सम्मान दिलाए

मलाई यस्ता चिट्ठाले अझ हौस्यायो
पिएचडी गरे त उपकुलपति पो भइन्छ कि जस्तो लाग्यो
काठमाडौँकै कुनै कुनामा
केही लाख बुझाएपछि तीनै बर्षमा
डिग्री पाउने कुरा पत्ता लाग्यो
धन्य ती संस्था जसले यो देशमा म जस्ता लण्ठुलाई
धेरै गुण लगाई विद्यावारिधि दिलाएको छ
अनि त्यसैका कारण आज मेरो नाम
उपकुलपतिको खाली पदमा अग्रस्थानमा छ

मेरा बिगतका सफलता हेर्दा
म ढुक्क छु यस बर्ष पक्कै
यो देशकै प्रतिष्ठित विश्वविद्यालयको
म उपकुलपति हुनेछु ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x