साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो बहुलवाड भनेको के हो डाइ ?

Nepal Telecom ad

संविधानसम्बन्धी सुझाव संकलन गर्न संविधानसभाका माननीय सभासदहरू सदेह घर–घर पुगिरहेका बखत म पनि आफ्नो चागल, डल्लुस्थित घरमा अधैर्यतापूर्वक प्रतीक्षारत थिएँ । तर कुन्नि, किन मेरो एरिया (काठमाडौं चार नम्बर हो क्यारे) का माननीय नवीन्द्रराज जोशी मकहाँ आइपुगेनन् ! यसको कारण पछिबाट मलाई जानकारी भयो । असलमा कुरो के हो भने उनी स्वयं संविधानको प्रारम्भिक मस्यौदामा एउटा शब्द ‘बहुलवाद’ नपरेकोमा घनघोर रुष्ट भइरहेका रहेछन् । यस्तोमा मकहाँ किन आउँथे त ?

वास्तवमा माननीय सभासद नवीन्द्रराज जोशी बहुलवादका कडा पक्षपाती हुन् । (पढ्नोस्, ३१ असारको ‘कान्तिपुर’मा प्रकाशित उनको राजनीतिक आलेख– बहुलवादको बहस) । यसलाई केही विस्तारमा गएर भन्ने हो भने नेपाली कांग्रेस पार्टीका सकल नवीन्द्रराज जोशीहरू बहुलवादलाई उत्तिकै प्रेम गर्छन् । चाहे त्यो कांग्रेस पार्टीका सभापति तथा वर्तमान प्रधानमन्त्री सम्माननीय सुशील कोइराला होउन् या कुनै चवन्नी टाइप कांग्रेसी कार्यकर्ता नै । जस्तो मेरो टोलका चवन्नी कांग्रेसी बागचालाई लिनोस् ।

‘डाइ, तपाईसँग मलाई एउटा कुरो सोध्नु छ ।’ एक दिन बागचादादा (टोलका मान्यताप्राप्त दादा पनि) ले बाटो छेकेर मसँग सोध्यो ।

‘के कुरा हो भाइ ?’ म थोरै डराएँ ।
‘यो बहुलवाड भनेको के हो डाइ ?’
‘यो त तिमीलाई नै थाहा हुनुपर्ने हो भाइ ।’
‘किन डाइ ?’
‘यो तिम्रो पार्टीको आफ्नै शब्द हो ।’ मैले नरम स्वरमा भने, ‘सबै कांग्रेसी बहुलवादलाई असाध्यै मन पराउँछन् ।’
‘हो र डाइ ?’ उसको चिम्से आँखा केही चौडा भयो, ‘ट्यसो भए मलाई पनि यो बहुलवाड धेरै मनपर्छ ।’

पोहोरसम्मको उग्र मंडले पृष्ठभूमि भएको नवकांग्रेसी बागचा (असली नाम दिगम्बरमानसिंह प्रधान) सँगको टोलस्तरीय वार्तापश्चात मेरो मनमा हठात् एउटा प्रश्न आयो– के साँच्चिकै कांग्रेसीहरू बहुलवादी नै हुन् ? यसो ता केही दिनअघि छापिएको माननीय नवीन्द्रराज जोशीको ‘बहुलवादको बहस’ लेख सरसर्ती पढेर पनि मेरो मनमा यस प्रकारको प्रश्नले फणा नउठाएको भने होइन । अहिलेचाहिँ सो बिजप्रश्नमा मेरो टोले कांग्रेसी बागचादादाले मलजल हालेर झ्याम्म पारिदिएको हो ।

मलाई के लाग्छ भने प्रत्येक कांग्रेसीजनको अन्तरमनमा बहुलवादप्रति अत्यधिक भावनात्मक मायामोह रहेको छ । अँ, बाह्य व्यवहारको कुरो भने अर्कै हो । मेरो भन्नु के हो भने तपाई जुनसुकै कांग्रेसीको कामलाई लिनोस् । याने करनी भन्नोस् । परन्तु गलत सन्दर्भको ‘करनी’चाहिँ होइन नि ! हुन त ‘करनी’ सँगसँगै ‘काम’ शब्दले पनि सोही खालको कामुक सन्देश दिनसक्ने भएकोले म ‘कार्य–व्यवहार’ भन्छु । त, एउटा औसत कांग्रेसीको ‘कार्य–व्यवहार’ के र कस्तो हुन्छ ? यसलाई यही ‘बहुलवाद’को चालु प्रसंगमा हेर्ने हो भने ‘कथनी र करनीको भेद’ (हामीतिरको आहान बमोजिम) छर्लङ्ग हुनेछ । अझ स्पष्टसँग भन्ने हो भने एउटा आम कांग्रेसीको कथनी जेसुकै भए पनि करनीले भने व्यापक फैलावट लिएको हुन्छ । अर्थात् इमानदारितादेखि लिएर बेइमानीसम्म । अब कांग्रेसीहरूका इमानदारिता भनेको यस्तैउस्तै हो । धेरै के कुरा गर्ने ? जहाँसम्म बेइमानीको कुरो छ, यसमा कांग्रेसीहरू किमार्थ बहुलवादसँग सम्बन्धित बहुलवादी होइनन् । किनभने एक्लाएक्लै भाँती–भाँतीका घुस, नजराना, दलाली, लाभ आदिसँग बसाउठी (प्रत्यक्ष अथवा अप्रत्यक्ष) गर्नुको सुख नै बेग्लै हुन्छ ।

संविधानबारे नेपाली जनताका राय–सल्लाह लिने समयसीमा सकिइसकेको छ । अन्तत माननीय सभासद नवीन्द्रराज जोशी मेरोमा आउँदै आएनन् । यसले के सिद्ध हुन्छ भने संविधानको प्रारूपमा ‘बहुलवाद’ शब्दको अनुपस्थितिलाई लिएर उनको तीव्र असन्तुष्टि उही प्रकारले जारी छ । (यसैगरी फिल्डमा डटिरहनोस् माननीयज्यू !) । यसको बाबजुद पनि उनी मकहाँ आएका भए मलाई निकै नै कठिनाइ हुने थियो । हेर्नोस्, आज प्रसंगवश म एउटा गोप्यता भङ्ग गरिरहेको छु । वस्तुत माननीय नवीन्द्रराज जोशीलाई सभासद बनाउनमा मेरो कुनै हात छैन । मैले निर्वाचनताका उनलाई आफ्नो भोट दिएको स्थिति होइन । तात्पर्य के भने जब मैले एकथान भोट नै दिइन भने कुन मुखले उनलाई सुझाव आदि दिने ? तसर्थ उनी अर्थात् माननीय नवीन्द्रराज जोशी मेरो घरमा नआएको बेसै भयो ।
कान्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x